बिलबिजकभन्दा धेरै सामान ल्याउनेक्रम रोकिएन
![](https://snowberry.prixacdn.net/media/gallery_folder/birging-naka_vu8JU1IqgL_iiqrvpxmvhn1lqqc5op1egc6zdy8qsu7pagsuxpzhkhsht2kmecrrxrwdkqh_AcBekJ6P3p_ov7nnyxcderczeisq3hkonnlsxnye8pznblluwq8qlh21yihfhcrm7dkvdk9.jpeg)
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको साउनदेखि जेठसम्मको अवधिमा करिब रु साढे २७ करोड मूल्य पर्ने बिलबिजक नभएका सामान बरामद गरेको छ । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बलको सक्रियताले पछिल्लो समय दिनहुँजसो भन्सार छली गरेका तथा बिलबिजकमा भन्दा धेरै सामान ल्याएको सामग्री तथा उपकरण नियन्त्रणमा लिने क्रम ह्वात्तै बढेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरका गणपति राधेश्याम धिमालले आव २०७९/ ८० को तुलनामा चालु आवको ११ महिनाकै अवधिमा अवैध चोरी, निकासी, पैठारीबाट रु तीन करोड सात लाख ३५ हजार नौ सय ४१ मूल्य पर्ने सामान तथा उपकरण बरामद गरेको बताउनुभयो ।
“भन्सार छली तथा चोरी पैठारी र बिलबिजकभन्दा धेरै सामान ल्याउनेलाई पक्राउ गरेर सम्बन्धित निकायमा बुझाउँदै आइरहेका छौँ”, उहाँले भन्नुभयो, “चोरी–तस्करी गरेर भित्र्याएको सामानलाई पक्राउ गरेर वीरगञ्ज भन्सार कार्यालयलाई बुझाउँदै आइरहेका छौँ । बिलबिजक अनुसार नभएको सामान भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउँदै आइरहेका छौँ ।”
सशस्त्र प्रहरीले गत आवभरिमा भने रु २४ करोड ३८ लाख ४० हजार नौ सय ३१ मूल्य पर्ने अवैध सामान बरामद गरेको थियो । सशस्त्र प्रहरीले बरामद गरेको रेकर्ड हेर्दा सबैभन्दा धेरै चिसो पेयपदार्थ, लत्ताकपडा र प्याज र मेसिनरी पार्टपुजा धेरै तस्करी हुने गरेको देखाउँछ ।
गणपति धिमालले पर्सा जिल्लामा नेपाल भारत खुला सीमानाका भएकाले दुवै मुलुकमा चोरी तस्करी निमिट्यान्न पार्न नसकिए पनि नियन्त्रण गर्नका लागि अधिकत्तम प्रयास भने जारी राखेको बताउनुभयो । “हामीले आफूसँग भएको जनशक्तिलाई सीमा सुरक्षाको साथसाथै चोरी÷तस्करी नियन्त्रणका लागि खटाउँदै आइरहेका छौँ । जसको परिणामस्वरुप पनि गत आवको तुलनामा चालु आवको ११ महिनामा अवैध बरामद भएको सामान तथा उपकरणको रेकर्डले पनि देखाउँछ”, उहाँले भन्नुभयो ।
सशस्त्र प्रहरी बलले चालु आवको ११ महिनाको अवधिमा बिलबिजक अनुसार नभएको रु १५ करोड ४० लाख ४५ हजार दुई सय ६२ मूल्य पर्ने सामान तथा उपकरण पक्राउ गरेर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ । सोही अवधिमा भन्सार छली गरेर भित्रिएका रु १२ करोड पाँच लाख ३१ हजार छ सय १० मूल्य पर्ने सामान तथा उपकरण बरामद गरेर वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।
सशस्त्र प्रहरी बलले गत आवभरिमा भने बिलबिजक अनुसार नभएको रु १२ करोड ९५ लाख ६६ हजार तीन सय १६ मूल्य पर्ने सामान तथा उपकरण पक्राउ गरेर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको थियो । त्यस्तै गरी सोही वर्ष रु ११ करोड ४२ लाख ७४ हजार छ सय १५ मूल्य भन्सार छलीका सामान तथा उपकरण जफत गरेर वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेको जनाएको छ ।
गणपति धिमालले चोरी तस्करी नियन्त्रण गर्नका लागि सक्रियतापूर्वक काम गर्दै आइरहेको बताउनुभयो । “पर्सा जिल्लामा एक सय सात किलोमिटर क्षेत्रफल भारतसँग सीमा जोडिएको छ । सीमित स्रोतसाधनको बाबजुत पनि हामीले चोरी तस्करी नियन्त्रणको प्रयास गर्दै आइरहेका छौँ”, उहाँले भन्नुभयो । सशस्त्र प्रहरी सीमानाकामा सिसी क्यामेरालगायतका उपकरण जडान गरेर तस्करी नियन्त्रणको लागि प्रयास गर्दै पनि आइरहेको जनाएको छ । त्यस्तै गरी सीमानाका क्षेत्रमा दुई पटक स्वास्थ्य शिविर पनि सञ्चालन गरिसकेको छ ।
![पाठेघर र स्तन क्यान्सर पत्ता लगाउन गाउँमै ‘स्क्रिनिङ’](https://snowberry.prixacdn.net/media/gallery_folder/cancer_WkCvCdJyxo_wuorfbpa5ws9o8fdnrb1lehmfl0plgqpjuf1cutmeknxaleemkyhu41kf3br_uXxyR80IBI_5ff5d0jbulvnjkoftbqlozrasaoh77ltikrbq1a3hx1ijk2snuiupxeuqimn.jpg)
पाठेघर र स्तन क्यान्सर पत्ता लगाउन गाउँमै ‘स्क्रिनिङ’
![‘विविध संस्कृति एकताको सूत्रमा आबद्ध गर्ने माध्यम’](https://snowberry.prixacdn.net/media/gallery_folder/Nir-Shah%2520(1)_vXjSUfluru_kpoi89zveo6gut5ibnoiwowthjapvjytbgddgdwqhonnlko9nw5qpvvfp4pg_2FGbK3EPYX_dpep8cml5jhn6ehqhekas5dio2dz1szorsnk5yfz4vzqeohsbafhqyud4g5g.jpg)
‘विविध संस्कृति एकताको सूत्रमा आबद्ध गर्ने माध्यम’
![नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा निगमकाे विवाद के हो?](https://snowberry.prixacdn.net/media/gallery_folder/caan_nac_98QrMlYLY2_3zSOIWhqGm_4j72rxmr1jomfh8s7iloyfh5h3vffr1h9etoku8u54wv0qfxk8f9iwljju18_ulqPcx8NZw_ybjutrnpyhvdhsgaigf2jaqaqg4gl2jdh0y2bbeq5wuhnoyunmrmpw1t42wu.webp)
नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा निगमकाे विवाद के हो?
![नेपालगञ्जमा महिला क्याम्पस स्थापना](https://snowberry.prixacdn.net/media/gallery_folder/mangal_mm1oXZ2N2p_49cfhwf0dojdj3ocuk3gdyxjf4pn9halhcir7xo8gnjjl2pxgd8xmlspy2rt_hDzx9FvCio_ro7scinr5scq6xqjjrsj87t2rcnlirvsymhsrtzuwxdqc0fsf8mrqxchxa8b.jpg)
नेपालगञ्जमा महिला क्याम्पस स्थापना
![नारायणगढ –मुग्लिन सडक अवरुद्ध](https://snowberry.prixacdn.net/media/gallery_folder/narayanghat-muglin-5-kilo-1024x768_u9a1evSIvo_hehidheb0iwydl5t51slcr7gwv7ad03mkjmx7er9jna3k4xolv9azmu4fysi_HiuVSYlYFt_blmb9gxtujz1xujlb15dzoa9qojuhkymwsuzvswejvqiqtmjl0oqoj1vjsnb.jpg)
नारायणगढ –मुग्लिन सडक अवरुद्ध
![एमाले उपमहासचिव विष्णु रिमालको नेतृत्वमा ३० नेता चीन प्रस्थान](https://snowberry.prixacdn.net/media/gallery_folder/uml-bhraman-1_RTc2p8MzhN_jcxrgxzpgjepnkls3zgryhq6ubbzkkdugdqnuiq1tdggsie9vilobtpwwmoz_qJmQJu8ps2_g6xgzgijycgvgvi56eex4gxa2shc2hsgh1dnktexpccfukl7hkc9m5uafzft.jpg)
एमाले उपमहासचिव विष्णु रिमालको नेतृत्वमा ३० नेता चीन प्रस्थान
![राष्ट्र बैंकको कदमको विरोध गर्दै सुनचाँदी व्यवसायीले प्रदर्शन](https://snowberry.prixacdn.net/media/gallery_folder/biridh-ryalli_3-001_MzTncxcb4h_neeCuVYZda_txtmty4ezzulucu8aivhrmtgffzebufvqdlh3e3dhnria0e7a31beuhryws9_z6jhbWt5ra_ec5glqk9ik7rbfxiai9bvqpamlirozstlb9sohty27reru6f5gcff86ke6qo.jpg)
राष्ट्र बैंकको कदमको विरोध गर्दै सुनचाँदी व्यवसायीले प्रदर्शन
![विकर्षण बन्दै आन्तरिक मन्त्रालय](https://snowberry.prixacdn.net/media/gallery_folder/243477006_161799286133776_77697748189338892_n_7aGVHBZyB0_xklqkva5eu3sg3xgc1olhyab2pgcsm7uy2e7jurzyqmpzieioapxlpzasp9i_tuUXY8FTX3_yieq4bebqo5qwgr9djkwuhpafnajoha7xhveurj1jjaavtgb0f6eowmz8yaq.jpg)
प्रतिक्रिया