राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टीनमेयरबीच औपचारिक भेटवार्ता हुँदै
![](https://snowberry.prixacdn.net/media/gallery_folder/RSS_KTM_PRESIDENT_1718599419431_D7fih65NGB_bfalqv9wskqwnozxiihrso48qgeddytcn21fsyrgy3loenw7kixcb7he484s_yNR55eOBM2_gsripr7pgv3u3vyulazb4ju4tnruyujpsjpaoecuutpdn2rxy2nciz6ulc9v.jpg)
काठमाडौँ, ३ असार : सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति डा फ्रैंक–वाल्टर स्टीनमेयरबीच आज औपचारिक भेटवार्ता हुँदैछ । राष्ट्रपति पौडेल आफ्ना जर्मनी समकक्षी स्टीनमेयरको औपचारिक निमन्त्रणामा शनिबार राति बर्लिन पुग्नुभएको हो ।
राष्ट्रपति पौडललाई बर्लिनमा आज जर्मन सरकारका तर्फबाट गार्ड अफ अनर प्रदान गरिने उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले राससलाई जानकारी दिनुभयो । जर्मनीको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेल र त्यहाँका राष्ट्रपति स्टीनमेयरबीच आजै साँझ प्रतिनिधिमण्डलस्तरीय औपचारिक भेटवार्ता हुनेछ ।
सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको यो पहिलो औपचारिक भ्रमण हो । नेपाल र जर्मनीबीच सन् १९५८ अप्रिल ४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसयता दुई देशबीचको सम्बन्ध मित्रता, आपसी समझदारी र सहयोगका आधारमा बढ्दै गएको छ । दुवै देशले एकअर्काको राजधानीमा आवासीय दूतावास स्थापना गरेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार नेपालले ५ जुलाई १९६५ मा बर्लिनमा आफ्नो दूतावास स्थापना गरेको थियो । जर्मनीले काठमाडौँमा सन् १९६३ मा आफ्नो दूतावास स्थापना गरेको हो । सन् २०१८ मा दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सव मनाउन जर्मनी र नेपालमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।
विभिन्न तहमा भएका भ्रमण आदानप्रदानले दुई देशबिचको घनिष्ठ र सौहार्दपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पु¥याएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताउनुभयो ।
तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्याले सन् १९८६ अक्टोबरमा जर्मनीको भ्रमण गर्नुभएको थियो । त्यस्तै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सन् १९९५ फेब्रअरी र सन् २००० सेप्टेम्बरमा तथा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले सन् १९९५ अप्रिलमा जर्मनीको भ्रमण गर्नुभएको थियो ।
यसैगरी, तत्कालीन उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री माधवकुमार नेपालले सन् १९९५ फेब्रुअरी र तत्कालीन परराष्ट्रमन्त्री उपेन्द्र यादवले सन् २००९ मार्चमा जर्मनीको भ्रमण गर्नुभएको थियो । यसैगरी नेपाल लगानी वर्ष २०१२ को सन्दर्भमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सन् २०१२ फेब्रुअरी २८ मा जर्मनीको भ्रमण गर्नुभएको थियो ।
त्यस्तै जर्मनीका तत्कालीन राष्ट्रपति हाइनरिक ल्युब्केले सन १९६७ र राष्ट्रपति प्रा रोमन हर्जोगले सन् १९९६ मा नेपाल भ्रमण गर्नुएको थियो । जर्मन संसद्की उपाध्यक्ष क्लाउडिया रोथले अप्रिल २०१७ मा नेपाल भ्रमण गर्नुभएको थियो । टोबियास फ्लुगरको नेतृत्वमा जर्मनीको संसदीय प्रतिनिधिमण्डलले सन् २०१९ मार्च १ देखि ५ सम्म नेपालको औपचारिक भ्रमण गरेको थियो । जर्मनीकी प्रथम महिला एल्के बुडेनबेन्डरले फेब्रुअरी २०२० को पहिलो साता युनिसेफको संरक्षकको हैसियतमा नेपाल भ्रमण गर्नुभएको थियो ।
अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा भाग लिन गत जेठ ३० स्वीट्जरल्याण्डको जेनेभा पुग्नुभएका राष्ट्रपति पौडेलले यही असार १ गतेदेखि जर्मनीको औपचारिक भ्रमणमा हुनुहुन्छ । उहाँ असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्नुभएको थियो ।
राष्ट्रपति पौडेलका साथ उहाँकी धर्मपत्नी सविता पौडेल हुनुहुन्छ । प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरु, जर्मनीका लागि नेपाली राजदूत तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु रहुनुभएको छ । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्कनुहुनेछ ।
![‘विविध संस्कृति एकताको सूत्रमा आबद्ध गर्ने माध्यम’](https://snowberry.prixacdn.net/media/gallery_folder/Nir-Shah%2520(1)_vXjSUfluru_kpoi89zveo6gut5ibnoiwowthjapvjytbgddgdwqhonnlko9nw5qpvvfp4pg_gsLRCdCiho_mpd74xqcvzzsuijelggfg5ntiljvvt3mqlil7wlblzeofwkntrx8fenfjqsf.jpg)
‘विविध संस्कृति एकताको सूत्रमा आबद्ध गर्ने माध्यम’
![नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा निगमकाे विवाद के हो?](https://snowberry.prixacdn.net/media/gallery_folder/caan_nac_98QrMlYLY2_3zSOIWhqGm_4j72rxmr1jomfh8s7iloyfh5h3vffr1h9etoku8u54wv0qfxk8f9iwljju18_AqbAsnZ6dd_hbiypia8doxbuya8mygkxn3c2i1c61nyosxsakm557dpxjfmyiyjia8oanja.webp)
नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा निगमकाे विवाद के हो?
![नेपालगञ्जमा महिला क्याम्पस स्थापना](https://snowberry.prixacdn.net/media/gallery_folder/mangal_mm1oXZ2N2p_49cfhwf0dojdj3ocuk3gdyxjf4pn9halhcir7xo8gnjjl2pxgd8xmlspy2rt_wU746n5OA8_bdrnuxmmnxcc7b7r7dmcbgskn7mdjelhgc8tqtyeiifwfhr9nm0q129b5fur.jpg)
नेपालगञ्जमा महिला क्याम्पस स्थापना
![नारायणगढ –मुग्लिन सडक अवरुद्ध](https://snowberry.prixacdn.net/media/gallery_folder/narayanghat-muglin-5-kilo-1024x768_u9a1evSIvo_hehidheb0iwydl5t51slcr7gwv7ad03mkjmx7er9jna3k4xolv9azmu4fysi_hxhU0UouPI_mzaixtsgiujmw0vna4ulh4fsotlcta85cciih4qazlwgvijm6qr59wjvjmsm.jpg)
नारायणगढ –मुग्लिन सडक अवरुद्ध
![एमाले उपमहासचिव विष्णु रिमालको नेतृत्वमा ३० नेता चीन प्रस्थान](https://snowberry.prixacdn.net/media/gallery_folder/uml-bhraman-1_RTc2p8MzhN_jcxrgxzpgjepnkls3zgryhq6ubbzkkdugdqnuiq1tdggsie9vilobtpwwmoz_EiGJ2Z1QZq_wwmn6uuoqcyok8s61kf3ssnb8d538jmgnblr7ow5tchb1csepjggwhfuqlpe.jpg)
एमाले उपमहासचिव विष्णु रिमालको नेतृत्वमा ३० नेता चीन प्रस्थान
![राष्ट्र बैंकको कदमको विरोध गर्दै सुनचाँदी व्यवसायीले प्रदर्शन](https://snowberry.prixacdn.net/media/gallery_folder/biridh-ryalli_3-001_MzTncxcb4h_neeCuVYZda_txtmty4ezzulucu8aivhrmtgffzebufvqdlh3e3dhnria0e7a31beuhryws9_5BFNOuKD2q_umrimngbqkjdptqvvm5rof6ho2jjdvvzs1fiawtso3ck5o6oootofocxwqvm.jpg)
राष्ट्र बैंकको कदमको विरोध गर्दै सुनचाँदी व्यवसायीले प्रदर्शन
![विकर्षण बन्दै आन्तरिक मन्त्रालय](https://snowberry.prixacdn.net/media/gallery_folder/243477006_161799286133776_77697748189338892_n_7aGVHBZyB0_xklqkva5eu3sg3xgc1olhyab2pgcsm7uy2e7jurzyqmpzieioapxlpzasp9i_CXJ0aN78Ka_x0evoubz40kohcngw33mz7ga8qmls4edduxaoackg06ea5kyzrfyxcerghnw.jpg)
विकर्षण बन्दै आन्तरिक मन्त्रालय
![गलत बाटोबाट सही गन्तव्यमा पुगिँदैन, लागुऔषध त्यागेर समाज सुधारक बनौँ : उपप्रधानमन्त्री लामिछाने](https://snowberry.prixacdn.net/media/gallery_folder/1_BrvLOuG8nZ_p21pbx0ewzbzp1gcj06s23kt9bh7pak5fubzyhkuwkztck7kiatuuwijdtlp_sia8jvjk44_8ofm5wxy1bruvbehy2x2tnveoszftsldpl9f0gtcfqpqtpbl3mfs3lphzo1l.jpg)
प्रतिक्रिया