विकट गाउँका नागरिकलाई पुलको चिन्ता
![](https://snowberry.prixacdn.net/media/gallery_folder/bridge_WeSomYKlvM_vi6rsptdjrdho30hodsumlqiukotqolpmckln0adnpunw0bhnviqpw08uspa_YmBzUXpEWZ_mfs7klnayhobdzhignm8ackiyqcz7pdsfrrds6kyg3smpymzmgb0jhobt6iv.jpg)
भौगोलिक विकटताका कारण पिछडिएको बागलुङको तमानखोलाका धेरै गाउँमा बर्खायाममा गाडी चल्दैनन् । एउटा गाउँ पुग्न दर्जन खोला छिचोल्नुपर्छ । तर बर्खामा सबै खोलानालामा पानीको बहाव बढ्ने हुँदा गाडी तर्न सक्दैनन् । केन्द्र बोङ्गादोभान बजारदेखि वडा नम्बर ६ को नर्जाखानी गाउँमा हिउँदको समयमा साढे दुई घण्टा लाग्छ । यस गाउँमा पुग्न पाँच वटा पुल तर्नुपर्ने हुन्छ । गाउँपालिकाले चालु आर्थिक वर्ष एउटा घाटमा पुल निर्माण गरेको छ भने अन्य चार स्थानमा बन्न सकेका छैन् । पुल नबनेपछि यस वर्षको बर्खामा पनि नर्जाखानीमा गाडी चल्ने छैनन् । विसं २०७६ मा सडकले जोडिएको बागलुङको सबैभन्दा टाढाको बस्ती हो ।
हिउँदको समयमा यातायातका साधान नियमित सञ्चालन भए पनि बर्खाको समय करिब चार महिना अवरुद्ध हुन्छन् । बाह्रै महिना यातायात सञ्चालन गर्नका लागि चार वटा खोलामा पुल बन्नुपर्छ । नर्जाखानी पुग्न घट्टबोटघाट, खुङ्खानीघाट, खुङखानीबगर घाट र नर्जाबगर घाट गरि चार स्थानमा मोटरेल पुल निर्माण गर्नुपर्छ । अहिलेसम्म भिकोसघाट मा मात्रै पुल बनेको छ । वडा नम्बर ३ को तमान, लाम्मेला गाउँ हुँदै म्याग्दी पुग्न ढोमइ घाट र शेर्माखोला घाटमा पुल निर्माण गर्नुपर्छ । यहाँ पनि अहिलेसम्म पुल बनेको छैन । वडा नम्बर २ को बोङ्खानी, मुठाचौरलगायतका गाउँसम्म पुग्न बेसीघाट र बोङ्खानीघाटमा मोटरेवल पुल आवश्यक पर्छ । तर अहिलेसम्म कुनै पनि ठाउँमा पुल बनेका छैनन् ।
तमान खोलावासीलाई बाह्रै महिना यातायातको सुविधा दिनका लागि नौवटा पुल निर्माण हुनुपर्ने गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो । अब ठूलो वर्षा भए सबै सडक बन्द हुने उहाँको भनाइ छ । पुल नबन्दा असारदेखि असोजसम्म सेवाग्राहीलाई पालिकाबाट सेवा लिन समस्या हुने अध्यक्ष बुढा मगरको भनाइ छ । तमानखोलाको छ वटा वडाका बस्तीहरुमा पुग्न धेरै भिर पहरा र खोलाहरु पार गर्नुपर्ने हुँदा नागरिकले समस्या भोग्नुपरेको उहाँले बताउनुभयो । धेरै खोलामा करिब दर्जन पुल आवश्यक परेको पर्ने हुँदा त्यसका लागि पालिकाको स्रोत साधानले नभ्याने हुँदा केन्द्र र प्रदेश सरकारको मुख ताक्नुपर्ने अवस्था रहेको अध्यक्ष बुढा मगर बताउनुहुन्छ ।
“यहाँका नागरिकको सामस्या हामीहरुले राम्रोसँग बुझेका छौँ, कतिपय समस्या पालिकाबाटै समाधान गर्न सकिने रैछ भने कतिपय चाहेर पनि सकिँदोरहेनछ, बर्खामा धेरै गाउँ बस्तीमा गाडी चल्दैनन्, दर्जन ठाउँमा पुल बनाउनुपर्छ, एउटै पुल बनाउन करोडौँ खर्च लाग्छ, तर त्यो बजेट पालिकासँग हुँदैन”, अध्यक्ष बुढा मगरले भन्नुभयो, “केन्द्र र प्रदेश सरकारसँग बजेटको माग गरिरहेका छौँ, सबै ठाउँमा एकै पटक काम नहोला तर विस्तारै पुल बन्नेमा आशावादी छौँ ।”
बर्खाको करिब चार महिना सडक बन्द हुने हुँदा वर्षा नहुँदै खाद्यान्न जोहो गरेर राख्नुपर्ने तमानखोला गाउँपालिका–६ का दिलबहादुर छन्त्यालले बताउनुभयो । बर्खामा सबैभन्दा बढी समस्या बिरामीलाई अस्पताल पु¥याउँदा हुने उहाँको भनाइ छ । विकट गाउँमा सडक पुगे पनि पुल नबन्दा सस्ती भौग्नुपर्ने अवस्था रहेको छन्त्याल बताउनुहुन्छ । उहाँले सडकले गाउँ नजोडिँदा स्थानीयले घोडा खच्चडमा ढुवानी गरेर सामान ओसारपसार गरेको भए पनि अहिले खच्चड पनि विस्थापित भएको बताउनुभयो ।
![‘विविध संस्कृति एकताको सूत्रमा आबद्ध गर्ने माध्यम’](https://snowberry.prixacdn.net/media/gallery_folder/Nir-Shah%2520(1)_vXjSUfluru_kpoi89zveo6gut5ibnoiwowthjapvjytbgddgdwqhonnlko9nw5qpvvfp4pg_DMPecCEl3X_fbxabtebucw4hhxma3tgvknpwtuiqxkjyhbvxjl8f7yoqvferpwn48bgxvp3.jpg)
‘विविध संस्कृति एकताको सूत्रमा आबद्ध गर्ने माध्यम’
![नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा निगमकाे विवाद के हो?](https://snowberry.prixacdn.net/media/gallery_folder/caan_nac_98QrMlYLY2_3zSOIWhqGm_4j72rxmr1jomfh8s7iloyfh5h3vffr1h9etoku8u54wv0qfxk8f9iwljju18_agc8ecbD9G_ztxnou7tebirbtat2ejkvwb9dtaedetyl5un1vqbagt7hf72cjm8kofbhrvg.webp)
नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा निगमकाे विवाद के हो?
![नेपालगञ्जमा महिला क्याम्पस स्थापना](https://snowberry.prixacdn.net/media/gallery_folder/mangal_mm1oXZ2N2p_49cfhwf0dojdj3ocuk3gdyxjf4pn9halhcir7xo8gnjjl2pxgd8xmlspy2rt_W36W95dlns_ntobkafx6pvmzyc94gdqrxwnkwunpa6wewrdhqjedstxqepeb6s7b39nwyhv.jpg)
नेपालगञ्जमा महिला क्याम्पस स्थापना
![नारायणगढ –मुग्लिन सडक अवरुद्ध](https://snowberry.prixacdn.net/media/gallery_folder/narayanghat-muglin-5-kilo-1024x768_u9a1evSIvo_hehidheb0iwydl5t51slcr7gwv7ad03mkjmx7er9jna3k4xolv9azmu4fysi_tkSGShWJLH_utfhflil8mtkgbaeakqsdqg2uetme1hrcjxti2epkfrpix4miaqhotjffp37.jpg)
नारायणगढ –मुग्लिन सडक अवरुद्ध
![एमाले उपमहासचिव विष्णु रिमालको नेतृत्वमा ३० नेता चीन प्रस्थान](https://snowberry.prixacdn.net/media/gallery_folder/uml-bhraman-1_RTc2p8MzhN_jcxrgxzpgjepnkls3zgryhq6ubbzkkdugdqnuiq1tdggsie9vilobtpwwmoz_7Km6WPN07y_mb6lhxtxl7lo93emjdxpakbcuxmt6o4ocl71zlf2gc2yynnrqfekcmqbj1ka.jpg)
एमाले उपमहासचिव विष्णु रिमालको नेतृत्वमा ३० नेता चीन प्रस्थान
![राष्ट्र बैंकको कदमको विरोध गर्दै सुनचाँदी व्यवसायीले प्रदर्शन](https://snowberry.prixacdn.net/media/gallery_folder/biridh-ryalli_3-001_MzTncxcb4h_neeCuVYZda_txtmty4ezzulucu8aivhrmtgffzebufvqdlh3e3dhnria0e7a31beuhryws9_0NTWb66vIp_wurmdpqqvoqxh1emqntihrw9dc9bcyxbuvqqdgiqdbfaeuknitbtcwinkvad.jpg)
राष्ट्र बैंकको कदमको विरोध गर्दै सुनचाँदी व्यवसायीले प्रदर्शन
![विकर्षण बन्दै आन्तरिक मन्त्रालय](https://snowberry.prixacdn.net/media/gallery_folder/243477006_161799286133776_77697748189338892_n_7aGVHBZyB0_xklqkva5eu3sg3xgc1olhyab2pgcsm7uy2e7jurzyqmpzieioapxlpzasp9i_cxBSbccVUV_kj0dew0gl8gitatzqggg9fpzcdprqhovaoebjnmohe0fdnbxbsaiy78zmfec.jpg)
विकर्षण बन्दै आन्तरिक मन्त्रालय
![गलत बाटोबाट सही गन्तव्यमा पुगिँदैन, लागुऔषध त्यागेर समाज सुधारक बनौँ : उपप्रधानमन्त्री लामिछाने](https://snowberry.prixacdn.net/media/gallery_folder/1_BrvLOuG8nZ_p21pbx0ewzbzp1gcj06s23kt9bh7pak5fubzyhkuwkztck7kiatuuwijdtlp_df8CAprgxe_ppob2syr2sgm4mdki8kel6vcjfyesyunhkakg2bya8hvuklhiknnxwmy7pd2.jpg)
प्रतिक्रिया