सहकार्यको संस्कृतिलाई सबल बनाउन बकर इदको महत्वपूर्ण भूमिका : प्रधानमन्त्री
![](https://snowberry.prixacdn.net/media/gallery_folder/puspakaml-dahal-prachanda_fsHzvtizu7_1s83pqb7iegcclkubgw9ff7g39nbwyjsifrih4bkxfthcbgguzfcqryo8xgb_oQacMHmC96_d5irlcwhdzdlnhurmdll613h1l42vvkx5zldkbpo0awo8bb9obxaojpvqtda.jpg)
काठमाडौँ, ३ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सबलीकृत तुल्याउन बकर इद (अल–अजहा) को महत्वपूर्ण भूमिका रहँदै आएको बताउनुभएको छ ।
इस्लाम धर्मालम्बीको ठूलो पर्व बकर इद (उल–अजहा) को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका लागि बकर इदलगायत पर्व कुनै समुदाय विशेषका मात्र पर्व नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित भएका बताउनुभयो ।
प्रधानमन्त्री दाहालले हरेक चाडपर्वको आफ्नो ऐतिहासिक र विशिष्ट महत्व हुने उल्लेख गर्दै मानव जातिले जीवनवृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्व विकसित र स्थापित हुँदै आएका बताउनुभयो । उहाँले आपसी सद्भावको चाडको रूपमा मनाइने यस पर्वले सबै नेपालीबीच सामाजिक एकता र सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने तथा राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री दाहालले यसपर्वले सम्पूर्ण नेपालीबीच आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण तथा समृद्ध समाज निर्माण गर्न मद्दत पुग्ने आशा गर्नुभएको छ । उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
![एमाले उपमहासचिव विष्णु रिमालको नेतृत्वमा ३० नेता चीन प्रस्थान](https://snowberry.prixacdn.net/media/gallery_folder/uml-bhraman-1_RTc2p8MzhN_jcxrgxzpgjepnkls3zgryhq6ubbzkkdugdqnuiq1tdggsie9vilobtpwwmoz_J5HveUAX7K_swp36hw2avylmllgvlxbdur5zzmpszsneopswqcfmtdmowo9athwqc4hhtat.jpg)
एमाले उपमहासचिव विष्णु रिमालको नेतृत्वमा ३० नेता चीन प्रस्थान
![राष्ट्र बैंकको कदमको विरोध गर्दै सुनचाँदी व्यवसायीले प्रदर्शन](https://snowberry.prixacdn.net/media/gallery_folder/biridh-ryalli_3-001_MzTncxcb4h_neeCuVYZda_txtmty4ezzulucu8aivhrmtgffzebufvqdlh3e3dhnria0e7a31beuhryws9_NkZMUVFRYU_1dzjqkfdheedykj52zoex2hbumiir5aunkpghgteucgxzujxg8i8gbrzzmk4.jpg)
राष्ट्र बैंकको कदमको विरोध गर्दै सुनचाँदी व्यवसायीले प्रदर्शन
![विकर्षण बन्दै आन्तरिक मन्त्रालय](https://snowberry.prixacdn.net/media/gallery_folder/243477006_161799286133776_77697748189338892_n_7aGVHBZyB0_xklqkva5eu3sg3xgc1olhyab2pgcsm7uy2e7jurzyqmpzieioapxlpzasp9i_IQW3bnmzjr_bu8hq6eih5fuynxg7tsqvmzw9don7drck8te248qnchsfxboypzkamuimckp.jpg)
विकर्षण बन्दै आन्तरिक मन्त्रालय
![गलत बाटोबाट सही गन्तव्यमा पुगिँदैन, लागुऔषध त्यागेर समाज सुधारक बनौँ : उपप्रधानमन्त्री लामिछाने](https://snowberry.prixacdn.net/media/gallery_folder/1_BrvLOuG8nZ_p21pbx0ewzbzp1gcj06s23kt9bh7pak5fubzyhkuwkztck7kiatuuwijdtlp_vQgT5TEkzq_mdeqlcefjajf3jjztinqxnv38drxumw2kybw6pj14so97izlskskzvuzksdi.jpg)
गलत बाटोबाट सही गन्तव्यमा पुगिँदैन, लागुऔषध त्यागेर समाज सुधारक बनौँ : उपप्र…
![परराष्ट्रमन्त्री श्रेष्ठ र चीनका उपविदेशमन्त्री वेइतोङबिच भेटवार्ता , सीमा नाका सुचारु गर्ने सम्बन्धमा पनि छलफल](https://snowberry.prixacdn.net/media/gallery_folder/bhetbarta_0OAOA8nQKG_gqs9yqf3pglxnyytevsb7cbxfceh9hdjyjvtkq7xg34e6ezspiiiz6gr4z5s_7JIXO65NGV_z4nxekd4tn8b6ylxdbzlx34w6vqflzoe5nwwhmzw94powa8n2bnl91hmwnhh.jpeg)
परराष्ट्रमन्त्री श्रेष्ठ र चीनका उपविदेशमन्त्री वेइतोङबिच भेटवार्ता , सीमा नाका स…
![नेपाली नागरिकको बाहुल्यता भएका देशहरूमा अनलाइनबाट मतदानको व्यवस्था गर्नुपर्छ : उपसभामुख राना](https://snowberry.prixacdn.net/media/gallery_folder/ac766a40-996d-11ed-900e-b1eb6fe3b024.jpg_RHbcuVz2S1_g29mymjujjlqpubp0c6rs9f3tppt98bjfcongbsfsddaxntc6qwmhnzll4eq_qA05zQ7587_tnzfpqgtk1bzrsnumfpxjkaqnnv09vxcdlqme2qjxai0r22bcxctqbnifq9m.webp)
नेपाली नागरिकको बाहुल्यता भएका देशहरूमा अनलाइनबाट मतदानको व्यवस्था गर्नुपर्छ …
![असान्जको लामो कानुनी सङ्घर्ष समाप्त भएसँगै अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा खुसी व्यक्त](https://snowberry.prixacdn.net/media/gallery_folder/4014_etpt5rUrMp_7hctmyeeafisdgzjwefg2l9kcx0rl5h2o0efr7ys3ujskfp5lxjyofxdehyq_SwuO6le7Xz_uugzag5elltjvuowvyss7ca74gmkutj6rq9b3t6xpq5mjxzfpbh66tmzquq8.webp)
असान्जको लामो कानुनी सङ्घर्ष समाप्त भएसँगै अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा खुसी …
![तनहुँमा रासायनिक मल पर्याप्त मौज्दात](https://snowberry.prixacdn.net/media/gallery_folder/download_0V4IDelzaL_zjn6o1tomjqgporaqyqtlxg4oosrkhbufb5vv421lwok4uisnnalzdcol8xv_LmmhVvhMtN_j9u4velan6wlrhxo72qthnpkhvcoxs37oq7ok7zdfn4hmgrprpkehvs0n37j.jpeg)
प्रतिक्रिया