आफ्नो व्यक्तिगत गोपनियता भंग भएको भन्दै एक बेलायतीले एप्पल माथि मुद्दा

बाहिरी महिलासँग सम्बन्ध राखेको बारेमा, आफ्नो व्यक्तिगत गोपनियता भंग भएको भन्दै एक बेलायतीले एप्पल माथि मुद्दा हालेका छन्। आफ्नी श्रीमतीले एप्पल डिभाइसमार्फत व्यक्तिगत जानकारी हासिल गरेको भन्दै ती व्यक्तिले कम्पनीमाथि मुद्दा हालेका हुन्।

द टाइम्सका अनुसार, गोपनियताको कारणले आफ्नो वास्तविक नाम वा गृहनगर खुलासा गर्न नचाहेको व्यक्तिले एप्पललाई ५० लाख पाउन्डको मुद्दा हालेका हुन्। उनकी पत्नीले परिवारको आईम्याकमार्फत उनको अन्य सम्बन्धहरुका बारेमा जानकारी पाएकी थिईन्।

ती व्यक्तिले आफ्नो आईफोनको मेसेजिङ्ग सेवा आईमेसेजमार्फत यौनकर्मीहरूलाई आग्रह गरिरहेका थिए। त्यसपछि उनले आफ्नो गतिबिधिहरु लुकाउन आफ्नो आईफोनबाट टेक्स्टहरू मेटाए। तर ती मेसेजहरु उनको घरमा रहेको आईम्याकमा पनि स्टोर भएको थियो।

रिपोर्टअनुसार धेरै एप्पल डिभाइसहरूमा, यदि तिनीहरू सबै एउटै एप्पल आईडीमार्फत साइन इन छन् भने तपाईंको फोन, आईप्याड, र म्याकमा सन्देशहरू सिंक गर्न सम्भव छ। ति मानिसका सन्देशहरू फोनबाट डिलिट गरिएपनि आईम्याकबाट गायब भएन, र उनकी श्रीमतीले तिनीहरूलाई फेला पारिन्।

श्रीमतिले उनीसँग सम्बन्धविच्छेदको लागि मुद्दा दायर गरिन्, जसले अन्ततः मानिसलाई ५० लाख पाउण्ड भन्दा बढी खर्च गरायो। र उनी अब एप्पलले सो खर्च बेहोरोस भन्ने चाहन्छन्।

उसको मुद्दाले दाबीअनुसार, आईमेसेजले यो स्पष्ट गर्दैन कि आईफोनमा सन्देश मेटाउनाले सन्देश अन्य डिभाइसका सबै ठाउँमा मेटाउँदैन।

उनी तर्क गर्छन्, “आफ्नी श्रीमतीका लागि, “यो पत्ता लगाउने एकदमै क्रूर तरिका थियो। मेरो विचारमा, यदि मैले उनीसँग तर्कसंगत कुरा गर्न सक्षम भएको भए र उनले यस्तो क्रूर अनुभूति नगरेको भए, म अझै विवाहित हुन सक्थेँ।”

ती व्यक्ति अन्य पुरुषहरूका तर्फबाट समेत सामूहिक क्लास-एक्शन मुद्दा स्थापित गर्न चाहन्छन् जो आफ्नो फोनको उपयोग गर्न जान्दैनन् र आत्मनिरीक्षणको कमी राख्दछन।