भारतको राजधानीमा जल सङ्कट ,लाखौँ नागरिक प्रभावित

भारतको राजधानी दिल्लीमा जल सङ्कट उत्पन्न हुँदा लाखौँ नागरिक प्रभावित बनेका छन्।

पछिल्लो समय दिल्लीमा दैनिक ६ अर्बभन्दा बढी जार पानीको अभाव हुन थालेको छ।दिल्लीमा पानीको अभाव हुन थालेपछि त्यहाँका झन्डै ३ करोडभन्दा बढी नागरिकको जनजीवन प्रभावित बनेको छ।

दिल्ली सरकारले छिमेकी राज्य हरियाणा, हिमाचल, उत्तराखण्ड र उत्तर प्रदेशबाट पानी आपूर्ति गर्दै आएको थियो। तर, हिमाचल प्रदेशले अब पानीको आपूर्ति गर्न नसकिने भन्दै आपूर्ति बन्द गरिदिएको छ। त्यस्तै हरियाणाबाट आपूर्ति हुने पानीमा पनि २५ प्रतिशत कटौती गरिएको छ।

पानीको चुहावट र अनावश्यक प्रयोग रोक्नका लागि दिल्ली सरकारले पहल गरेपनि प्रभावकारी हुन सकेको छैन।

दिल्लीमा पानीको समस्या समाधान गर्न सर्वोच्च अदालतले जवाफ माग गर्दै जानकारी गराउन भनेको छ।