कुबेतकाे लेवर क्याम्पमा आगलागी हुँदा ४३ जनाको मृत्यु

कुबेतको माङ्गाफस्थित एक लेवर क्याम्पमा आगलागी हुँदा ४३ जनाको मृत्यु भएको छ ।

आगलागीमा परी घाइते भएका ४८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुने कामदार कुन-कुन देशका हुन खुलेको छैन । उक्त क्याम्मा नेपालीहरू पनि बस्थे । उनीहरुको अवस्थाबारे यकिन विवरण भइनसकेको कुबेतस्थित नेपाली राजदूतावासले जनाएको छ ।

कुबेतको एनबीटीसी कम्पनीमा कार्यरत श्रमिकहरु बस्ने क्याम्पमा आगलागी हुँदा ४३ श्रमिकहरुको मृत्यु भइसकेको आन्तरिक मन्त्रालयले जनाएको छ ।

कुबेतस्थित नेपाली दूतावासकोअनुसार आगलागीमा नेपाली श्रमिक परे वा नपरेको विषयमा खोजी भइरहेको जनाएको छ ।

कम्पनीमा करिब एकसय ६० जना श्रमिक बस्दै आएका छन् । जसमा सबैभन्दा बढी भारतीय श्रमिकहरु रहेका छन् । १५ घाइतेहरुलाई जहरा, अलअदान, अल फरमानिया, अल अमिरी मुवारक अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

घाइतेहरुको क्रेनको प्रयोग गरेर उद्धा गरिएको थियो । आन्तरिक मन्त्री शेख फहाद अल–युसुफ अल–सबाहले आगलागी भएको भवनको मालिक, सुरक्षागार्ड र कम्पनी मालिकलाई पक्राउ गर्न आदेश दिएका छन् ।