नेपाली गीत 'सानु म' का मोडल दीपेश लामाको हृदयघातका कारण निधन

सदाबहार नेपाली गीत 'सानु म' का मोडल दीपेश लामाको निधन भएको छ।

काठमाडौंको बसुन्धरामा हिँड्दै गरेको अवस्थामा अचानक बेहोस भएर लडेका दीपेशको सडकमै निधन भएको परिवारका सदस्यले जनाएका छन्।

३९ वर्षीय लामाको हृदयघातका कारण निधन भएको आशंका छ। थुप्रै गीतमा मोडलिङ गरेका उनको 'तिमीलाई सम्झी बाटो हेरी कुरिरहन्थे म, सानु म' सर्वाधिक हिट मानिन्छ। आलोक नेम्वाङको निर्देशन, प्रेम लामाको स्वर रहेको यो गीतको भिडियोमा दीपेश र सुबानी मोक्तानको अभिनय छ।  

दीपेशले केही सिरियलहरूमा समेत अभिनय गरेका छन्।