बढ्‍यो गर्मी , पढ्दा–पढ्दै कक्षामा विद्यार्थीहरू बेहोस हुन थालेपछि..

दाङ तुलसीपुरमा अत्यधिक बढ्दो गर्मीको कारण दिनहुँ बेहोस हुने विद्यार्थीहरूको संख्या पनि बढ्दो क्रममा रहेको छ, यसैगरी दाङको तुलसीपुर-११ उरहरी स्थित अमर माध्यमिक विद्यालयका विद्यार्थी बेहोस भएका छन् । अत्यधिक गर्मीका कारण दिनहुुँ विद्यार्थीहरु बेहोस हुँदै आएको र अन्य दिनको तुलनामा आज बेहोस हुने विद्यार्थीको संख्या बढेको छ ।