भारतको त्यो डर लाग्दो घटना, आमाको शब सोफामा कुहिएको अवस्थामा फेला

केही समय पहिले (२०१७/०८/०७ मा) भारतको मुम्बईमा एउटा यस्तो घटना घट्यो जसले आधुनिक मानव सभ्यतामा नै जटिल प्रश्नचिन्ह उठाएको छ। 

आशा साहनी (६३ वर्षिय) जो मुम्बईमा एक्लै करिब ६ करोडको घरमा बस्दै आएकी थिइन्। उनका छोरा ऋतुराज साहनी भने अमेरिकामा बस्दथे। पटक-पटक आमाले अब आँफू एक्लै बस्न नसक्ने र मिल्छ भने कि अमेरिका नत्र यतै कतै 'ओल्ड एज होममा´ राखिदिन भनिरहेकी थिइन् । तर उनको छोराले, आफ्नो व्यस्तताको कारणले, नभ्याएको बताउँदै थिए । 

उनको छोराले पछिल्लो पटक २३ अप्रील २०१६ मा आफ्नी आमासँग कुरा गरेका थिए । जब छोरा आमालाइ लिन भनेर आए तेतिखेर आमाको शब सोफामा कुहिएको अवस्थामा थियो। समाचारका अनुसार आमाको कहिले कसरी मृत्यु भयो भन्ने केही थाहा भएन।

यो घटना आजको हाम्रो समाजको अलि अलि र केही समय पछिको दुरुस्त अवस्था बोलिरहेको छ,,?indecision