अवैध लागूऔषध गाँजा सहित एक युवक पक्राउ

काभ्रे- पनौती नगरपालिका-७ बसपार्कबाट अवैध लागूऔषध गाँजा १६ ग्राम, गाँजाको धुलो (पोल्याण्ड) ३० ग्राम, सिरिन्ज ३ सेट र नुर्फिन ३ एम्पुलसहित सोही नगरपालिका-७ एलोछे टोल बस्ने २९ वर्षीय सरोज देउजालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ ।