प्रभास स्टारर साइन्स फिक्सन फिल्म ‘कल्की २८९८ एडी’को ट्रेलर सार्वजनिक

बहुप्रतीक्षित प्रभास स्टारर फिल्म ‘कल्की २८९८ एडी’को ट्रेलर सार्वजनिक भएको छ । साइन्स फिक्सन जनरामा बनेको फिल्ममा प्रभास, अमिताभ बच्चन, कमल हसन, दीपिका पादुकोण, दिशा पटानी, शाश्वत चटर्जीलगायत कलाकारको अभिनय छ।

नाग आश्विनले निर्देशन गरेको फिल्ममा अश्विनी दत्तको लगानी गरेका छन्। फिल्म २७ जुन ‘असार १३’ मा प्रदर्शन हुनेछ। भारतीय सञ्चारमाध्यमका अनुसार ६०० करोडको बजेटमा बनेको यो भारतकै सबैभन्दा महँगो फिल्म हुने दाबी छ।