बङ्गलादेशको शरणार्थी शिविरमा आक्रमण हुदाँ तीन रोहिंग्याको मृत्यु
![](https://snowberry.prixacdn.net/media/gallery_folder/2742948_r4GT0nsKB5_leovx6hvbsxbsicyevsirndqdgwqmk5aa28hhrrujylb689chz7gdtngr6tm_I9QeMBTde9_icgcli6tkcaboebp3g2nfgudl5a3dphjecurxh5cvy7bokc2es4y6fsmpxuv.webp)
बङ्गलादेशको राहत शिविरहरूमा नियन्त्रणको लागि प्रतिस्पर्धा गरिरहेका प्रतिद्वन्द्वीहरुको सैन्य झडपमा कम्तीमा तीन रोहिंग्या शरणार्थीको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको स्थानीय प्रहरीले मङ्गलबार जनाएको छ ।
बङ्गलादेशका १० लाख राज्यविहीन र उत्पीडित मुस्लिम अल्पसङ्ख्यकको बासस्थान हो जसमध्ये अधिकांश छिमेकी देश म्यानमामा सन् २०१७ को क्रूर सैन्य दमनपछि आएका थिए।
म्यानमाको गृहयुद्धमा लड्नका लागि शरणार्थीहरूलाई जबरजस्ती भर्ती गरेपछि यस वर्ष सशस्त्र समूहहरू बिच झडपहरू बढेका छन् ।
प्रहरीका अनुसार सोमबार कोक्स बजार जिल्लाको एउटा शिविरमा सुरक्षा गस्ती गरिरहेका शरणार्थीहरूको समूहलाई अराकान रोहिंग्या साल्भेशन आर्मी (एआरएसए) का कम्तिमा १०० जना सदस्यहरूले आक्रमण गरेको हो ।
“उनीहरूले शिविर वरिपरिको काँडेतार काटेर शिविरको सुरक्षा गरिरहेका रोहिंग्याहरूमाथि आक्रमण गरे“, शिविरहरूमा सुरक्षा कायम गर्ने जिम्मेवारी दिइएको सशस्त्र प्रहरी बटालियनका कमाण्डिङ अफिसर मोहम्मद इकबालले बताउनुभयो । “उक्त आक्रमणमा तीन रोहिंग्या मारिनुका साथै सात जना घाइते भएका छन् भने घटनास्थलमा पुगेका प्रहरीहरुमाथि पनि पुलिस एआरएसएका सदस्यहरूले आक्रमण गरेका छन् । पीडितहरुलाई गोली हानेर छुरी प्रहार गरेर आक्रमण गरिएको हो “, उहाँले भन्नुभयो ।
शिविरमा रहेका रोहिंग्या समुदायका एक नेताले मारिएका तीन जना रोहिंग्या सोलिडेरिटी अर्गनाइजेशनका सदस्य रहेको बताउनुभएको छ ।“शिविरमा दिनरात हत्या र बन्दुकको लडाइँ भइरहेको छ। एआरएसएले हिजो तिनजना आरएसओको हत्या गरेको थियो। यहाँ कुनै पनि रोहिंग्या सुरक्षित छैनन्। एआरएसए र आरएसओले रोहिंग्या शरणार्थीका लागि शिविरलाई नरक बनाएको छ “, उहाँले भन्नुभयो ।
प्रतिद्वन्द्वी रोहिंग्या समूहहरूले म्यानमामा लड्न युवा रोहिंग्या पुरुषहरूलाई जबरजस्ती भर्ती गर्न अभियान चलाएपछि अप्रिलदेखि शिविरहरूमा सुरक्षा बिग्रिएको छ।
गत महिना संयुक्त राष्ट्रका एजेन्सीहरूबीच प्रसारित र एएफपीले देखेको गोप्य प्रतिवेदन अनुसार लगभग १ हजार ५०० रोहिंग्याहरूलाई द्वन्द्वमा सामेल हुन शिविरहरूबाट निकालिएको छ । यस वर्ष प्रतिद्वन्द्वी उग्रवादी समूहहरू बिच शिविरमा भएको झडपमा कम्तीमा २० रोहिंग्या मारिएको राष्ट्रिय दैनिक प्रथम आलोले जनाएको छ ।
लगभग ६ लाख रोहिंग्याहरूको घर रहेको म्यानमाको रखाइन राज्यमा अझ बढी स्वायत्तता चाहेको भन्दै अराकान सेनासँग लड्नका लागि भर्तीहरूलाई सीमापार पठाइएको छ ।
![बंगलादेशमा हसिना रुँदा जनताले भने गोहीको आँसु](https://snowberry.prixacdn.net/media/gallery_folder/654e0180-4b07-11ef-929b-397ea8ee9ca4_cSBhztWKDK_k3audtcnseenabdimzlzjafyifxnmcatsoof5pq1dbs7byrsswwfp5znz9on_mWTpaQw120_021h5bbrqkz8pxg54lnceuxbmmntt3cufkmk3oxyixf7hijq6hbuhjkcdzq4.jpg)
बंगलादेशमा हसिना रुँदा जनताले भने गोहीको आँसु
![मार्कसास टापु विश्व सम्पदा सुचिमा थपियाे](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-07-27%2520080000_DhMsDZLhrx_hsfqz4qwlsltvxwxwelwaoywcrgkg2pidxzn2mww6fvech3qhwzxhjv6jtro_ZL11Us9UQ3_ylfb8timrek0qrcnckrjc4lj252j08mqhnp1qq7ejodyvblgfugv6vkdlywp.png)
मार्कसास टापु विश्व सम्पदा सुचिमा थपियाे
![फ्रान्समा ओलम्पिक खेलकुदको उद्घाटन समारोह सरू हुनुअघि रेल नेटवर्कमा आक्रमण](https://snowberry.prixacdn.net/media/gallery_folder/SEI214190938_JlC0Sa73K2_kcummwlkxba8wqlanfvb0ualbgs1cqr4xjl5imbosqg3v60smxhufbq51t20_87U223ROtN_valbxmleqldvkp3jmisjtu4t8wer2puzvcanravy9yeug53eb12qyd0xtyhj.jpg)
फ्रान्समा ओलम्पिक खेलकुदको उद्घाटन समारोह सरू हुनुअघि रेल नेटवर्कमा आक्रमण
![निर्देशक तथा कोरियोग्राफर फराह खानकी आमा मेनका इरानीको निधन](https://snowberry.prixacdn.net/media/gallery_folder/Farah-Khan-with-her-mother_7LeMlP7uo2_wwhjkcyhtbqse3mxdnrscvl03qricgcz6whtxtyjkdy55dovske67hkqazoq_CPMJwtjrgf_r5r2hdmwloy57jzi4z1e21mgupgo7vv79mmgdvpdv1ekxfojlgpqwbwlantb.webp)
निर्देशक तथा कोरियोग्राफर फराह खानकी आमा मेनका इरानीको निधन
![हमासका नेता मुस्तफा मोहम्मद अबू आराको इजरायली हिरासतमा मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/download%2520(2)_NDuPfMQhxP_jxmoa77ldqheruqxg55rupfemxjmmrxcgchkc1rqjfa7okof5gowfiyp7d7u_ocWt9Aj4at_yirn7jxesqtousom5jdbaczqpmqfjuqgeoou1iuzgtoxixooh4r5atoe6yey.jpeg)
हमासका नेता मुस्तफा मोहम्मद अबू आराको इजरायली हिरासतमा मृत्यु
![अष्ट्रेलियाले ५५ वर्षपछि भेटायाे एमभी नुनगाह जहाज](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-07-26%2520090336_N7Kldv68KS_awgobe49ogrvlgswcnzqv59ozjutmmnngwyrt2quzleywges8wrukh8jz3ex_8OVdxxMslh_9easrowf1pa4vuxnpz8id0cpfec5rtjmgx3w37ze7mnby0eu0daduhtcr4ku.png)
अष्ट्रेलियाले ५५ वर्षपछि भेटायाे एमभी नुनगाह जहाज
![बङ्गलादेशबाट छ हजार ७ सय भारतीय विद्यार्थी फिर्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/pjjj_zt3noAnt45_kbqja6bilzegxiyvhhnhawwrofhfaja9pat1pacz8tmwev8furbagbqq3z2g_yVtAcKnuql_y9b6da6aickg9gs2stjkwl752vbvotg3yog7ag9weiregslz462re0ruwkgg.jpg)
बङ्गलादेशबाट छ हजार ७ सय भारतीय विद्यार्थी फिर्ता
![बेलायतले विदेशमन्त्रीलाई भारत पठाएर के हासिल गर्न चाहन्छ ?](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-25_21-59-30-595_GvfyHxRDVD_g4xeol5rh42fc6t5heqi6muh1gy4qdbbrw2nxus6ev0silnh5rgu0szz3kl1_VFvnvw6ejC_js7xsg35avxrvak5ik3udnhi1fvmgmaf6d2hhbjgywnrevjaifdiu5wzrm93.jpg)
प्रतिक्रिया