संसद्का दुवै सदनको बैठक बस्दै
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Sansad-Baithak_G56lHjfejr_fzm7b9dnm8csaya381qvedmugwdwrle9mxaj59hiyuduhnlhnmxwtoikuxfh_r8CiYszjoc_mmqxyigtedgw7m495aahioegfk2sryqcslt113kyqjimehppcfouwajrq0xh.jpg)
काठमाडौँ- सङ्घीय संसद्अन्तर्गत आज प्रतिनिधि सभा र राष्ट्रियसभाको बैठक बस्दै छ। प्रतिनिधि सभा बैठक बिहान ११ बजे बस्ने छ भने राष्ट्रिय सभा बैठक १ः१५ बजे बस्ने छ।
प्रतिनिधि सभा बैठकमा राष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची छ।
विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल गर्नेलगायत सम्भावित कार्यसूची छ।
बैठकमा विभिन्न सांसद्हरुले मन्त्रालयगत खर्च कटौतीको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ। उक्त प्रस्तावहरूलाई आजै निर्णयार्थ प्रस्तुत गरिने संसद् सचिवालयले जानकारी दिएको छ।
राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ वार्षिक प्रतिवेदन, २०७९–०८०, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०७९–०८० पेस गर्ने कार्यसूची छ।
त्यस्तै अर्थ मन्त्री वर्षमान पुनले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने तथा ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० पारितका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७’ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफलका लागि प्रस्तुत गर्दै उक्त संशोधनलाई सहमतिका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।
![विद्युत् बक्यौता नतिर्ने ग्राहकको लाइन काटियो](https://snowberry.prixacdn.net/media/gallery_folder/275526729electric-line_WS6n8poNMj_6jxps1me9anv23mnyqupbtaptv1pctfu7w5kdfu7nlekbywltob8ggmxwsrs_Lgwlh3updy_vyl5hvepqa7yszsmtmqnbu3gv2zvxxb8rrlb5dxlrhvrmqugfbltresvze0g.jpeg)
विद्युत् बक्यौता नतिर्ने ग्राहकको लाइन काटियो
![अनियमितताका ‘फाइल’ अनुसन्धान हुनुपर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/b%2520p%2520shanti%2520samaj%2520photo_njwL5aEDRH_valas3i4ijwymv4ifhoqqnjzeyufxzui6olkqs6pckrmywmjiykhef8etw6v_pLhunP8Nt2_xzafmt2ffcpxkuyovfzts55hmfct6s8vgzrny6fhnlmo7nbdztc2shllcfqe.jpeg)
अनियमितताका ‘फाइल’ अनुसन्धान हुनुपर्ने
![धनगढीको नोभा अस्पतालमा बिरामिकाे मृत्युपछि तनाव,स्थिति नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रुग्यास](https://snowberry.prixacdn.net/media/gallery_folder/Nova-Hospital_B4jErkr9AR_nkxga7klyjokcjkpttv0kknwo17afybljip0d9okctluhwfc2prri8y6ngzg_clTSR3Ihdf_ttrhusueivwzvdgpw3cycmqg4vtlhaixdmq0rpxq3ei4z4r9fqhphlhegtq4.jpg)
धनगढीको नोभा अस्पतालमा बिरामिकाे मृत्युपछि तनाव,स्थिति नियन्त्रणमा लिन प्रहरील…
![आधा हातले कम्प्युटर चलाउने गणेश राई प्रधानमन्त्रीको सचिवालयमा नियुक्त](https://snowberry.prixacdn.net/media/gallery_folder/rai-ganesh-co_W5YXKTIi85_ajzmgm4p1zxzg4ffg19wkoaruaecvuehkeahqhcbcvqiqso74nqpozvibknq_nGvL5I3SSf_s3ocys8itisgwljxppkeoolflflz4aq6spyiqd28gvew3zs5vzwd2f518ug6.jpg)
आधा हातले कम्प्युटर चलाउने गणेश राई प्रधानमन्त्रीको सचिवालयमा नियुक्त
![दुई हजार रोपनीमा फलफूल बगैँचा स्थापना](https://snowberry.prixacdn.net/media/gallery_folder/flower_exhibition2024-03-18-03-03-29_Bk2d8ufVTF_ybjfejehfthfegt21rmtvfmnd1yeb6nr8jpv9ax2kvozxf7bhmgwrhocfdhp_g5hxIJokLM_pvp8gvavxy8icaoeae5le3c1pszcp9vptsshtbbv40bbjqc9b2mnuck6asqz.jpeg)
दुई हजार रोपनीमा फलफूल बगैँचा स्थापना
![कृषि उपजलाई बजार अभाव](https://snowberry.prixacdn.net/media/gallery_folder/Kirsi%2520upaj_rvvsFfbYGF_xlvsepkbfi6vbhtrkb8kzttptkl47m0xoxox9w7bb0j95pm27biczlrpsjhh_VyFDwmDUaa_ee9yaavpedk2rv6vwnkjbv0n7v8cihqucyz2tolidmbac0ini6duod7n7ray.jpg)
कृषि उपजलाई बजार अभाव
![सरकारले गलतीले मृत घोषित गरिएका एक भारतीय व्यक्तिले आफू जिउँदै छु भनेर प्रमाणित गर्न अपराधको साहरा](https://snowberry.prixacdn.net/media/gallery_folder/rajasthan-man2_b24UhVTm91_v3FnQQpmWG_wzhmgcn2rftlskpvzebmzetb8yzxqsbelctoxaewxwzhutzcc9ys0lwybams_dN7p4q1Af6_jt6uzf7tkl9b34wkcu4rylbqh6xvu46xwwlhld3bcc7yfu0abbz6ih11761r.webp)
सरकारले गलतीले मृत घोषित गरिएका एक भारतीय व्यक्तिले आफू जिउँदै छु भनेर प्रम…
![बीपीको सिद्धान्त शेखरले बचाएका छन्, उनलाई समर्थन गरौं : कांग्रेसकी नेतृ सुजाता](https://snowberry.prixacdn.net/media/gallery_folder/sujata-koirala_GDDEsNs1aQ_C7uy3CbGRa_vvcgzljlantrxpjea2062ikcs4nl6z84bipluqaakv8tlduqkrewtakwgojr_ASudZVULxG_brkc7uzioovpz4qkrtth4quqe0fo1uyglxyxak9ls7iscbxdju9s1rzltwb3.jpg)
प्रतिक्रिया