कविता : (महान)...............

तिमी कति महान छौ
हे मजदुर तिमी कति महान छौ।

तिम्रै मजदुरिले कत्तिलाई हात्तिछाप चप्पल बाट बुट टेक्ने बनायौ।।
हे मजदुर तिमी कति महान छौ।

तिम्रै मजदुरिले तिसानालाई ठुलाअनी तिमिलाईनै साना देख्ने बनायौ।।
हे मजदुर तिमी कति महान छौ।

तिम्रै मजदुरिले कतिलाई माथी पुर्याई तिम्रै शिरमा टेक्ने बनायौ।।
हे मजदुर तिमी कति महान छौ।

तिम्रै मजदुरिले पैदल हिडिरहेकालाई करोडौंको कारमा गुड्ने बनायौ।।
हे मजदुर तिमी कति महान छौ।

तिम्रै मजदुरिले हिजो कसैले नचिन्नेलाई आज साराले चिन्ने बनायौ।।
हे मजदुर तिमी कति महान छौ।

तिम्रै मजदुरिले एकछाक तरकारी किन्न नसक्नेलाई आज दुई चार जना मान्छे किन्ने बनायौ।।
हे मजदुर तिमी कति महान छौ।

तिम्रै मजदुरिले हिजो सिध्राझै ज्यान सुकेकालाई आज परिआए जुध्ने बनायौ।।
हे मजुदुर तिमी कति महान छौ।

तिम्रै मजदुरिले बनेका भुडेहरुलाई त्यही भुँडी घटाउन मर्निङ वाकमा कुढ्ने बनायौ।।
हे मजदुर तिमी कति महान छौ।

तिम्रै मजदुरिले हिजो  सानो तस्बिरकैद गर्न्दिन नखोज्नेको लागि आज तस्बिर खिच्नचाहाने सिन बनायौ।।
हे मजदुर तिमी कति महान छौ।

तिम्रै मजदुरिले यि सारा बनाएकाहरुलाई तर खै यिनै मजदुरको मर्का नबुझ्ने किन? बनायौ।।