राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे नयाँ बानेश्वरस्थित संसद भवनामा बस्ने भएको हो ।

बैठकमा सोनाम गेल्जेन शेर्पा प्रस्तावक र जगप्रसाद शर्मा, कृष्णबहादुर रोकाय, भगवती न्यौपाने, मदनकुमारी शाह (गरिमा), मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा, र शेखरकुमार सिंह समर्थक भई सूचना दिएको सवारी दुर्घटना न्यूनीकरण गर्ने भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ ।

त्यस्तै सचिव डा.सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएको ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७’ का सम्बन्धमा त्यहाँबाटप्राप्त सन्देश जानकारी गराई टेबुल गर्ने कार्यसूची छ ।

त्यसैगरी, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘मिडिया काउन्सिल विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।