जसपा नेपालको महाधिवेशन आजदेखि सुरु
जनता समाजवादि पार्टिल (जसपा) नेपालको आजदेखि महाधिवेशन सुरु हुँदैछ । जनकपुरको तिरहुतिया गाँछीमा सुरु हुन लागेको महाधिवेशन जेष्ठ ३० गतेसम्म चल्ने छ ।
दिउँसो १ बजे पार्टी अध्यक्ष उपेन्द्र यादवले महाधिवेशनको उद्घाटन गर्नेछन् । महाधिवेशनमा १३ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् भने एक लाख कार्यकर्ता पनि महाधिवेशनमा भाग लिने अनुमान गरिएको छ ।
महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न मुलुकका प्रतिनिधि, विभिन्न राजनीतिक पार्टीका नेताहरूको पनि सहभागिता रहने जसपाका नेता ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए । महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्ने छ ।
पार्टी विभाजन भएकाले अध्यक्षमा पुनः उपेन्द्र यादव दोहोरिने लगभग निश्चित छ । अध्यक्षबाहेक सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १, २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित गरिनेछ ।
प्रतिक्रिया