विश्वकप क्रिकेट खेल्न सन्दीप लामिछाने वेष्टइण्डिज प्रस्थान

क्रिकेटर सन्दीप लामिछाने आइसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न वेष्टइण्डिज प्रस्थान गरेका छन्। 

भिसा नदिएपछि अमेरिका जान नपाएका सन्दीप वेष्टइण्डिजमा हुने दुईवटा खेलका लागि त्यता प्रस्थान गरेका  नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। उनी नेपाली टोलीबाट मैदान उत्रिने छन्।

नेपालले वेष्टइण्डिजमा दक्षिण अफ्रिका र वंगलादेशसँग प्रतिस्पर्धा गर्ने तालिका छ। दुवै खेलमा सन्दीपले सहभागिता जनाउने क्यानका सचिव पारस खड्काले जारी गरेकाे विज्ञप्तीमा उल्लेख छ।

बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएसँगै क्यानले सन्दीपलाई विश्वकप खेल्ने आधिकारिक १५ जनाको टोलीमा समावेश गरेकाे छ।