प्याबसन तथा एनप्याबसन द्धारा लम्कीचुहाको ध्यानार्कषण

प्याबुन र एनप्याबसनले लम्कीचुहा नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईलाई ध्यानाकर्षण पत्र बुझाउँदै प्याबसन र एनप्याबसनले नेपाल सरकारका विभिन्न निकायहरुमा पटक–पटक आग्रह गरेपनि ठोस निष्कर्ष

नआउँदा विद्यालयहरुका दैनिक गतिविधी सञ्चालन गर्न कठिनाई भएकाले विद्यालय नभएसम्म अर्को सूचना प्रकाशन नभएसम्मका लागि बन्द रहने जानकारी गराएको हो ।

साथै प्याबसन र एनप्याबसले कोभिड–१९ का कारणले तहसनहस भएको विद्यार्थीहरुको पाठनपाठनलाई सुचारु गर्नका लागि नयाँ विद्यार्थी भर्ना अध्यनरत विद्यार्थीहरुको अभिलेखिकरण गरि पाठ्यपुस्तक लगायतका शिक्षण सामाग्रीहरुको व्यवस्थापन गर्ने वातावरण यथाशिघ्र निमार्ण गर्ने।
अनलाईन कक्षा पुर्णरुपमा सञ्चालन गर्न सम्भावना कम भएकाले विद्यालयमा आवश्यक व्यवस्थापन सहित जोर–विजोर वा आलो–पालो प्रणालीमा कक्षा सञ्चालन गरि विद्यार्थीहरुको पठनपाठ्न गर्ने व्यवस्था गर्ने, क्वारेन्टाइन सञ्चालनका लागि प्रयोग गरिएका विद्यालयको निर्मलिकरण गर्ने ।

शिक्षा नियमावली व्यवस्था भए बमोजिमको पठनपाठ्न हुने दिन पुगाउनका लागि बिदाहरु कटौती गरि शैक्षिक क्यालेण्डर निमार्ण गरिनु पर्ने,

निजि विद्यालहरुले शैक्षिक सत्र २०७६ को बाँकी बक्यौता उठाउन नसकेको र २०७७ सालमा कुनै पनि शुल्क लिन नपाएकाले कर्मचारी तथा

शिक्षकहरुको उचित व्यवस्था गरिदिनहुन , घर बहाला कर, व्यवसायिक कर , महसुलमा छुट सहित ७ वटा बुँदामा ध्यानाकर्षण गराएको थियो ।
प्याबसन लम्कीचुहा नगरपालिकाका अध्यक्ष गोबिन्द शाह र एनप्याबसन लम्कीचुहा नगरपालिकाका अध्यक्ष धिरज बहादुर खत्रीले

संयुक्तरुपमा दिएको ज्ञापन पत्र बुझ्दै नगरप्रमुख महादेब बजगाईले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि गरिएको

लकडाउनका कारण निजि बिद्यालयमा देखिएका केहि समास्याको समाधान स्थानीय तह र विद्यालय बीचको सहमतिमा गर्न सकिने बताउनु भएको छ।

तर, सबै अधिकार स्थानीय तहलाई नहुने हुदा संघ सरकारको निर्णय बिना अन्य कदम चाल्न नसकिने बताउँदै भन्नू भयो“ विद्यालय संचालन गर्ने सवालमा श्रावण महिना पछि संघीय सरकारको निर्देशन अनुसार विद्यालय सन्चालन गर्न सकिने छ । अझै पनि कोरोनाको अन्त्य नभए सकेको अवस्थामा सतर्कता अपनाउन आवश्यक देखिएको छ ।