सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’को बैठक सिंहदबारमा बस्दै

काठमाडौं । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’को बैठक बस्दैछ । बंठक दिउँसो ३ बजेपछि सिंहदबारमा बस्ने तय भएको हो।

संसदीय छानबिन समितिका सभापति सूर्य थापाकाअनुसार बैठकमा कार्यविधिलगायत विभिन्न विषयमा छलफल हुनेछ । यसअघि बुधबार बसेको समितिको बैठकले कार्यविधिको मस्यौदा ल्याउने जिम्मा सचिवालयलाई दिएको थियो ।

गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो । एमाले सांसद सूर्यबहादुर थापाको सभापतित्वमा ७ सदस्यीय छानबिन समिति गठन भएको हो ।