टिकटक र फेसबुक दुबैको सुबिधाभाको नेपाली मोबाइल एप एपटिक सार्वजनिक

नेपालमै बनेको टिकटक जस्तै मोबाइल एप एपटिक सार्वजनिक

जेठ १८, काठमाडौं । नेपालमै बनेको टिकटक जस्तै मोबाइल एप एपटिक सार्वजनिक भएको छ । स्मार्टगफ प्रालिले एपटिक एप बजारमा ल्याएको हो । 

एपटिकमा अकाउन्ट खोलेर आफ्नो भिडियोहरू पोष्ट गर्न सकिने छ । हजार फलोअर्स् पुगेपछि लाइभ पनि बस्न सकिन्छ । यदी हजार फलोअर्स नपुगेको खण्डमा एक सय रुपैयाँमा सब्स्क्राइब गरेर डाइरेक्ट लाइभ बस्न पनि सकिने कम्पनीले जनाएको छ । 

आफ्नो प्रतिभा प्रष्फुटन गर्न र व्यवसायलाई धेरै भन्दा धेरै मानिसहरु माझ लैजान एपटिक एप उपयोगी हुने कम्पनीको दावी छ । 

यसमा अर्को सुविधा भनेको आफुले पोष्ट गरेको भिडियोमा जति धेरै भ्युज आयो, त्यो अनुसार आम्दानी पनि गर्न सकिन्छ । एक हजार भन्दा माथि आम्दानी भएपछि खल्तीबाट कमाएको रकम झिक्ने मिल्ने जनाइएको छ । साथै फेसबुकको जसरिनै आफ्नो पोस्ट भिडियोलाई भुक्तानी गर्न सकिने छ । हाललाई एपटिक एप गूगल प्ले स्टोर मा मात्र प्राप्त गर्न सकिन्छ। एपटिक एप चाडै IOS  मा पनि प्राप्त हुने कम्पनीले बताएको छ।