एमाले अध्यक्ष ओलीको गीत ‘चान्स पायो कि नेपालीले गर्छ’ सार्वजनिक

काठमाडौं । क्रिकेट प्रेमीहरुको ध्यान विश्वकपमा भइरहँदा पुर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले खेल र खेलाडीको सम्मानमा खेलकुद गीत ‘चान्स पायो कि नेपालीले गर्छ’ सार्वजनिक गरेका छन् ।

ओलीको शब्द रचना रहेको गीतमा सशस्त्र प्रहरीका ईन्स्पेक्टर पृथ्वी खनालको संगीत र स्वर रहेको छ । उनलाई गीतमा आरसी रिमालले साथ दिएका छन् । त्यस्तै, साहस शाक्यको संगीत संयोजन रहेको छ ।

एक दशकपछि टि–२० विश्वकप खेल्न लागेको नेपाली टोलीलाई शुभकामनाको साथै हौसला बढाउन गीत सार्वजनिक गरिएको हो । गायक खनालले बिहीबार आफ्नै अफिसियल युट्युव च्यानलबाट यो गीत सार्वजनिक गरेका हुन् ।