फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक

भजन शिरोमणी भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक भएको छ । पुनः सम्पादनसहित सो ट्रेलर सार्वजनिक भएको हो ।

यस फिल्म असार ७ गते नेपाल र अन्तर्राष्ट्रिय बजारमा पुनः प्रदर्शन हुन लागेको हो । फिल्मले संगीतमा स्थापित हुन आचार्यले गरेको संघर्षलाई चित्रण गर्छ । फिल्ममा उनको १६ वर्षको सांगीतिक करिअरलाई प्रस्तुत गरिएको छ ।

आचार्यको भूमिकामा उनका जेठा छोरा तथा गायक सत्यराज देखिएका छन् । ट्रेलरमा अहिलेका सुपरस्टार दयाहाङ राई, बिपिन कार्की, सौगात मल्ल पनि प्रस्तुत छन् ।