वैदेशिक रोजगारीका लागी जाने युवाको संख्या दश महिनामेे लाख

 

 चालु आर्थिक वर्षको दश महिनाको अवधिमा वैदेशिक रोजगारीमा जाने युवाको संख्याख ६लाख नाघेको छ ।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको साउनदेखि बैशाखसम्ममा वैदेशिक रोजगारीका लागि ६ लाख १२ हजार ७ सय ९१ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्।

देशमा रोजगारीको अवसर नपाएपछि दैनिक दुई हजार नागरिक वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । विभागका अनुसार एक महिनाको अवधि ९बैशाख मा ७० हजार ६३७ नेपाली वैदेशिक राजेगारीमा गएका छन् । जसमा ६४ हजार ११० जना पुरुष रहेका छन् भने ६ हजार ६२७ जना महिला कामदार बाहिरिएका छन् ।

वैदेशिक रोजगारीका लागी नेपालीको रोजाईमा मलेसिया र युएई परेको छ । एक महिनामा ७० हजार ६३७ जनाले श्रम स्वीकृती लिएकामा मलेसियाका लागि मात्र १६ हजार ९४९ जना नेपालीले श्रम स्वीकृती लिएका छन् ।

यस्तै युएईका लागी १६ हजार ५१२ जनाले श्रम स्वीकृती लिएका छन्। मलेसिया र युएइ मात्रै ३३ हजार २६१ जनाले श्रम स्वीकृती लिएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

कतारका लागि ११ हजार १०७ जनाले श्रमले श्रम स्वीकृती लिएका छन् भने साउदी अरेबीयाका लागि ११ हजार ६१ जनाले श्रम स्वृकिती लिएका लिएका छन् । बैशाख महिनामा कुवेतमा ३ हजार ७८७ जना नेपाली गएको विभागले जनाएको छ । यस्तै क्रोएसियामा १ हजार ८१ जना नेपाली गएका छन् भने जापानमा १ हजार २९८ जना नेपाली गएका छन् । यस्तै अष्टेलियाका लागि २५ जना नेपाली श्रमिक बाहिरिएका छन् भने क्यानडाका लागि ९३ जनाले श्रम स्वकृती लिएको विभागले जनाएको छ ।