पेट्रोलियम पदार्थको मूल्य घट्यो
![](https://snowberry.prixacdn.net/media/gallery_folder/petroliam_RPT7Q4BLUU_kelkpv4qib3bzizin3bzeriq8yckor9qeg0iiojnoyxwvwslapp4poz2ml1g_XjNOfNLQRY_bdyqqpefjdovqhqm7p10jxa7q2qtxohzyctcnnnukjir2wsi7btcesbmdvjy.jpg)
काठमाडौँ, २ जेठः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु सात र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु पाँच घटाएको हो ।
मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ७० र तेस्रो वर्गका लागि रु एक सय ७१ कायम भएको छ । डिजेल र मट्टितेल भने पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः एक सय ५१ रुपैयाँ ५० पैसा, एक सय ५३ रुपैयाँ र एक सय ५४ रुपैयाँ पुगेको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गका रुपमा तोकेको छ । नयाँ मूल्य निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुनेछ ।
इण्डियन आयल कर्पोरेशन (आइओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलिमय पदार्थको मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो । आइओसीले आज पेट्रोलको मूल्यमा प्रतिलिटर छ रुपैयाँ ७५ पैसा र डिजेलको मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ नौ पैसाले घटाएर नयाँ बिक्री मूल्य पठाएको निगमले जनाएको छ ।
![प्रचारप्रसारको अभावमा सुन्दरादेवी मन्दिर ओझेलमा](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
प्रचारप्रसारको अभावमा सुन्दरादेवी मन्दिर ओझेलमा
![काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा १६ प्रतिशतले कमी](https://snowberry.prixacdn.net/media/gallery_folder/accident_I92MrXLvNJ_py0kojyokkkkx0mht2x9y3xxweoiwxuasejt0escuf2qt2mb0p9o7ox2zdeo_y6WpD9gUl9_rilc5ibktd9f1wn3tjqmetzwx2njguul8qlmeul4flrbom57rjeefwwfqsaw.webp)
काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा १६ प्रतिशतले कमी
![वाग्मती सफाइ महाअभियान ५८५ औँ हप्तामा](https://snowberry.prixacdn.net/media/gallery_folder/bagmati-copy_RVBsue7L6Q_qawdrvod9jjjh1mayntcteoakqgm4myml1gf5pfi1x4t3nulu4hyikky7m2z_mHuo8jwpbL_kteoc9vegupgtm1p3vhzekhfzbnrfjqku5zzhxlxarysxkxavwd4mdsd0fwx.png)
वाग्मती सफाइ महाअभियान ५८५ औँ हप्तामा
![मन्त्रालयकाे कार्यकक्षमा गञ्जीमै रहेका दीपक मनाङेकाे तस्बिर भाइरल](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-07-27%2520142712_GiRIZJY6AM_gwht8wrcczbhlqqhsikc6rdky7y6o83is84lgwh0s6dyylz2e0j9rut8oesi_uvDx7DfGID_ydnkj0dplcugtbvofkkuflluhtfs9cst18vhxxeqseq6xqvqoscdj5pu0jdg.png)
मन्त्रालयकाे कार्यकक्षमा गञ्जीमै रहेका दीपक मनाङेकाे तस्बिर भाइरल
![सुशासन र अर्थतन्त्र सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री गुरुङ](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
सुशासन र अर्थतन्त्र सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री गुरुङ
![तीन हजार डलरको छात्रवृत्ति](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
तीन हजार डलरको छात्रवृत्ति
![सिमलताल दुर्घटना : ४० किलोको चुम्बक प्रयोग गरेर त्रिशूलीमा बेपत्ता दुई बसको खोजी गरिदै](https://snowberry.prixacdn.net/media/gallery_folder/trishuli-khoji-karya_UIKcCfL0yD_kog6wpgxuuavjrrcowfgohylji9wt8xouzpiyufvo4n9dkf8gnhttfxqxecg_JjwWsJNzsB_dnmxinhnsi30ycce3biirhokzvpkk8ufphww43qbuzrjozko8jwu12e2kzeu.jpg)
सिमलताल दुर्घटना : ४० किलोको चुम्बक प्रयोग गरेर त्रिशूलीमा बेपत्ता दुई बसको…
![काठमाडौँ-तराई/मधेस द्रूतमार्ग : जग्गा अधिग्रहणको प्रतीक्षामा नेपाली सेना](https://snowberry.prixacdn.net/media/gallery_folder/Fast%2520Track_O3HIOjs0FO_gxrjhqms5up8n4ywna2kdrnfp6xbjzlsjdo11fd8yfv60wkgjmnn9lr7xogc_ej8lSH1Ail_4nz2rsom6e3vxfewtnac7indsdlyf4cyhivizoppzphmvs8fde5yzhqm9ibx.png)
प्रतिक्रिया