स्लोभाकियाका प्रधानमन्त्रीलाई गोली प्रहार, अस्पताल भर्ना

स्थानीय सञ्चारमाध्यमका अनुसार स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोलाई गोली लागेको छ ।

गोली लागेपछि प्रधानमन्त्रीलाई घाइते अवस्थामा अस्पताल लगिएको छ । घटनास्थलमा उपस्थित पत्रकारहरुका अनुसार धेरै पटक गोली चलेको आवाज सुनिएको छ । प्रहरीले गोली चलाउने अभियुक्तलाई पनि नियन्त्रणमा लिएको छ ।

गोलीबारीपछि केही व्यक्ति शंकास्पदलाई पक्रन दौडिरहेको भिडियोमा देख्न सकिन्छ । स्लोभाकियाकी राष्ट्रपति जुजाना सापुटोभाले यो क्रूर आक्रमणबाट आफू स्तब्ध भएको बताइन् ।

यस सम्बन्धमा थप जानकारीको प्रतीक्षा छ।