आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु-याउने लक्ष्य
![](https://snowberry.prixacdn.net/media/gallery_folder/economic-growth_L7a9915Vcp_xeuausvumadvxkxxymfxviy9mcyktkijyh7z95fho6xk01q0suosqzzjlj1u_1fHg3Jnrj8_kcbktixo6ubk6rwoii9bn5v2sgvmavrdegkjwibdwnydkwry83t3sreki8ir.webp)
काठमाडौँ, २ जेठ । ’ आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु-याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ सार्वजनिक गरेको सोह्राँै योजनाको लक्ष्यअन्तर्गत आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु-याउने लक्ष्य राखिएको हो ।
योजना आयोगका प्रवक्ता यमलाल भुसालले सोह्रै योजनाको बारेमा प्रस्तुतिकरण गर्दै आर्थिक वृद्धिदर बढाउने लक्ष्य रहेको बताउनुभयो । उहाँका अनुसार आव २०७९÷८० मा करिब ३.९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८५÷८६ सम्म ७.३ प्रतिशत पु-याउने लक्ष्य छ ।
उहाँका अनुसार प्रतिव्यक्ति आय वार्षिक दुई हजार तीन सय ५१ अमेरिकी डलर पु-याउने लक्ष्य रहेको छ । सार्वजनिक सोह्राँै योजनाका लक्ष्य अनुसार गरिबीको रेखामुनी रहेको जनसङ्ख्या (निरपेक्ष गरिबी) २०.३ प्रतिशतबाट १२ प्रतिशतमा झार्ने लक्ष्य रहेको छ ।
यसैगरी उपभोक्ता मुद्रास्फीतिदर ७.७ प्रतिशतबाट ५ प्रतिशतमा झर्ने लक्ष्य रहेको छ । तथ्याङ्क अनुसार मानव विकास सूचनाङ्क ०.६०१ बाट बढाएर ०.६५ पु-याउने लक्ष्य रहेको छ । मानव सम्पत्ति सूचनाङ्क ७६.३ बाट ७८ पु-याउने लक्ष्य रहेको छ । आर्थिक तथा वातावरणीय जोखिम सूचनाङ्क २९.७ बाट २४ मा झार्ने लक्ष्य पनि तय भएको छ ।
यसैगरी अपेक्षित आयु ७१.३ बाट ७३ वर्ष पु-याउने लक्ष्य रहेको छ । ३० मिनेटको दुरीमा स्वास्थ्य संस्थामा पहुँच भएको परिवार ७७ बाट ९० प्रतिशत पु-याउने लक्ष्य रहेको छ । उच्च मध्यमस्तरको खानेपानीको पहुँच भएको घरपरिवार २५.८ बाट ४५ प्रतिशत पु-याउने लक्ष्य रहेको छ । साक्षरता दर ७६.२ बाट ८५ प्रतिशत पु-याउने लक्ष्य रहेको छ । सोह्रै योजना कार्यान्वयन गर्नका लागि अनुमानित लगानी करिब रु एक सय ११ खर्ब लाग्ने भएको छ ।
![भारतको यस्ताे गाउ जहा वर्षमा ५ दिनसम्म नाङ्गै बस्नुपर्छ](https://snowberry.prixacdn.net/media/gallery_folder/women-go-without-clothes-for-five-days-every-year-jpg_Ilev7h0nHH_xyxhpiz9aav1ijawekfd1diqjfgsqjwvdn2hhl7ukp7lkjq1dz2zsgdbmpnk_qnqpwSlWRQ_jgrjaubbiyx9rugk6uvudtyasmamkftefznjmdauci0n6tm7pcsru7h3osm6.webp)
भारतको यस्ताे गाउ जहा वर्षमा ५ दिनसम्म नाङ्गै बस्नुपर्छ
![देशभर १० जनामा हैजा संक्रमण, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव](https://snowberry.prixacdn.net/media/gallery_folder/haija1670509495_hskMpt0WKS_fvq6azjhsendyvwblyn0oozfl81fjbg2kyxs5li7zxeyk2itwioynjsy2vgd_biYa9fKAFa_5v8dubpg2f3u6sbakhkwmem2tgfeykua3praaorsvjdd0meqnndyowyercul.jpg)
देशभर १० जनामा हैजा संक्रमण, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव
![हेटौँडाबाट डिप्लोमा प्रमाणपत्र तहको वर्गीकृत छात्रवृत्ति परीक्षामा सहभागी भएका ५ जना नक्कली परीक्षार्थी पक्राउ](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
हेटौँडाबाट डिप्लोमा प्रमाणपत्र तहको वर्गीकृत छात्रवृत्ति परीक्षामा सहभागी भएका …
![सर्बियामा भ्यान पल्टिँदा नेपालीसहित ३० यात्रु घाइते](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
सर्बियामा भ्यान पल्टिँदा नेपालीसहित ३० यात्रु घाइते
प्राविधिक सीप र क्षमता विकासका लागि ‘एनएफपिजे’ को तालिम
![सर्बियामा एक यात्रुबाहक भ्यान पल्टिँदा ३० जना अफगानी र नेपाली आप्रवासी घाइते](https://snowberry.prixacdn.net/media/gallery_folder/3f41b7c091c64983d9688c6febaf62ac_xO0sDf99lH_ighne410eljta5sqgxytgjykkvmsujvc05vtbbfyv3nt5firwtjwrksgwhty_nOrlj2mDQR_erlwkjpoutydtnhnj5ylmikolm7zuwyyfcv0a6csqqd919pymqsueilnybht.jpeg)
सर्बियामा एक यात्रुबाहक भ्यान पल्टिँदा ३० जना अफगानी र नेपाली आप्रवासी घाइते
![सौर्य एयरलाइन्स विमान दुर्घटनामा : दुर्घटनामा ज्यान गुमाएका १७ जनाको शव आफन्तले बुझे](https://snowberry.prixacdn.net/media/gallery_folder/451467629_497127406227591_2326249104857424641_n_wgySuECxoz_q7Ove5wQnX_tc3bulw4ohlgzmgymvl4qd0qczwrcazhq7rlrfypg652seib0rmstyefra3b_4MqAcHBrtK_uy7fymtj9uhxw5xp8sjt1g9brww4uquas2n9xbkreqayjhuoo5oy9z9te6ju.jpg)
सौर्य एयरलाइन्स विमान दुर्घटनामा : दुर्घटनामा ज्यान गुमाएका १७ जनाको शव आफन्तल…
![पूर्वीनाका काँकडभिट्टाबाट रु तीन अर्बको प्लाइउड र भेनियर निर्यात](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
प्रतिक्रिया