क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ फेरि हेर्दाहेर्दैमा

नाबालिगको बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा भएको छ ।

 क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालत काठमाडौंमा खेपिरहेको बलात्कार मुद्दा आजपनि हेर्दाहेर्दैमा भएको छ । वैशाख २३ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा परेको मुद्दा पेसी सूचीमा चढे पनि हेर्न नमिल्नेमा परेको थियो ।

आजपनि न्यायाधीशद्वय  सुदर्शनदेव भट्टमा.र अन्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दा हेर्दाहेर्दैमा परेको छ । विपक्षी झिकाउन आदेश भएकै इजलासमा पेसी परेपछि हेर्न नमिल्नेमा परेको उच्च अदालत पाटनका प्रवक्ता तीर्थले जानकारी दिएका थिए ।

त्यसअघि, न्यायाधीशद्वय मनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले गौशाला २६ (छ)को जन्मदर्ता प्रमाणपत्रसँगै जन्मदर्ताका निम्ति दिइएको निवेदनको सक्कल कपी झिकाउने आदेश गरेको थियो ।

काठमाडौं जिल्ला अदालतले सन्दीपले गौशाला २६ (छ) लाई जबर्जस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिबाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजालसले गरेको फैसलाविरुद्ध सन्दीपले गएको फागुन १० गते पुनरावेदन गरेका थिए । जिल्ला अदालत काठमाडौंमा खेपिरहेको बलात्कार मुद्दा आजपनि हेर्दाहेर्दैमा भएको छ।