दोहोरो अंकले बढ्यो नेप्से
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकले बढेर भएको छ ।
आज नेप्से २८.६२ अंकले बढेर दुई हजार २७ दशमलव ५१ विन्दुमा बन्द भएको हो । नेप्सेमा आज ४ अर्ब ८ करोड ८८ लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २१९ वटाको बढेको छ भने २२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्था रहेका छन् । यसका साथै आज चार कम्पनीको शेयरमूल्य पनि ९ प्रतिशत भन्दा बढिले बढेको छ ।
आज हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ४.६४ प्रतिशतले घटेको छ । सबैभन्दा बढि सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १५ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया