विपद् उद्दार सामग्री हस्तान्तरण

धनुषा प्रदेश सरकार प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश सरकारबाट प्राप्त विपद् उद्धार सामग्री

२ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक धिरज प्रताप सिंहलाई हस्तान्तरण गर्नुभएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नम्बर २ जनकपुरधामको परिसरमा बुधबार दिउँसो आयोजित एक कार्यक्रमबीच आन्तरिक

मामिला तथा कानूनमन्त्री यादवले र्‍याफ्ट बोट ४ थान, गाइडरमास्टर प्याडल ४ थान, रेस्क्यू हेल्मेट ३२ थान, आउटफिटर प्याडल ३२ थान,

लाईफ ज्याकेट ३२ थान, ब्यारेल ह्‍यान्ड पम्प ४ थान, लाईफ लाईन रोप ४ थान, बोलाईन रोप ४ थान र र्‍याफ्ट क्यारी ब्याग ४ थान हस्तान्तरण गर्नुभएको हो ।
विगतका वर्षहरुमा विपद् घटनाबाट मानविय तथा जनधनको ठूलो क्षति भएको यथार्थलाई हृदयगम गरी विपद्जन्य घटनामा हुने क्षतिलाई न्यूनीकरण गर्न ।  तथा विपद् उद्धार कार्यलाई प्रभावकारी बनाउने प्रदेश प्रहरी कार्यालयको उच्च प्राथमिकता रहेकोले प्रदेश सरकारसँगको सहयोग र समन्वयमा प्रदेश सरकारबाट उक्त सामग्री खरिद गरी प्राप्त भएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।