सिधाकुरा टिमको बयान सर्वोच्चका न्यायाधीशद्वय फुयाँल र पौडेलको इजलासमा हुँदै

काठमाडाैँ। सिधाकुरा टिमले आज (बिहीबार) सर्वाेच्च अदालतमा बयान दिनुपर्ने भएको छ।

सिधाकुरा टिमसँग बयान लिन सर्वाेच्चका न्यायाधीशद्वय हरि फुयाँल र महेश शर्मा पौडेलको इजलासमा आजका लागि पेसी तोकिएको हो।

‘द डार्क फाइल’ शृंखलाअन्तर्गत प्रकाशित/प्रसारित सामग्रीबारे बयान लिन सर्वोच्चले सिधाकुरा टिमलाई बयानका लागि बोलाएको हो।

यसअघि सर्वोच्चको आदेशअनुसार सिधाकुराले ‘द डार्क फाइल’ शृंखलाअन्तर्गत प्रकाशित/प्रसारित विवादित सामग्री हटाउँदै शृ‌ंखला नै स्थगन गरिसकेको छ।

तर पत्रकार महासंघलगायत सञ्चार सम्बद्ध संस्थाहरूले भने सर्वाेच्चको उक्त आदेश संविधानविपरीत भएको भन्दै विरोध गरेका छन्।