१६ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा

काठमाडौं : गृह मन्त्रालयले १६ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक विभाग प्रमुख चन्द्र प्रकाश गौतमका अनुसार  सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ देहायका सशस्त्र प्रहरी नायब महानिरीक्षकहरुको सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३५ को उपनियम १ को (ख) अनुसार डीआईजीहरूको सरुवा गरिएको हो ।

सशस्त्र प्रहरी मुख्यालयको मानव स्रोत विभागका डीआईजी किशोर प्रधानको पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंमा सरुवा भएको छ । उनको नाम सूचीको पहिलो नम्बरमा रहेको छ। 

यसैगरी डीआईजी कमल गिरीलाई राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा, डीआईजी अभिकुमार खत्रीलाई विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देही सरुवा भएको छ ।

हेर्नुहोस् कहाँ को भयो सरुवा ?