नेम्वाङ विजयसभा सम्बोधन अध्यक्ष ओली पुगे इलाम

काठमाडौँ, १८ वैशाख ।  २ को उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएपछि विजय सभालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् ।

इलाम पुगेर अध्यक्ष ओलीले सुहाङलाई भेट्दै बधाई दिएका छन् । ओलीले अँगालोमा हालेर सुहाङलाई बधाई दिएका थिए । एमालेले आयोजना गर्ने विजयी सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । सुहाङ २७ हजार ७७२ मत ल्याएर विजयी भएका हुन् ।  उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मत ल्याएका थिए ।