ललितपुरको वनमा डढेलो फैलिएपछि कुष्ठरोग अस्पतालका बिरामी अन्यत्र सारियो

काठमाडाैँ। ललितपुरको गोदावरी नगरपालिका–६ स्थित आनन्द वनमा डढेलो फैलिएपछि त्यहाँ नजिकै रहेको कुष्ठरोग अस्पतालका बिरामी अन्यत्र सारिएको छ ।


डढेलो फैलिएपछि अस्पताल जोखिममा परेकाले त्यहाँ रहेका ९३ जना बिरामी सारिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए ।


अहिले ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शेखर खनाललगायत सुरक्षा अधिकारी अस्पतालमा पुगेका छन् ।

आगो नियन्त्रणका लागि सेना, सशस्त्र, नेपाल प्रहरी, अग्नि नियन्त्रकसहितको टोली परिचालन गरिएको छ । लेलेतर्फको जंगलको डढेलो फैलिँदै आनन्द वनसम्म आइपुगेको हो । आनन्द वन अस्पतालको करिब ७ सय मिटर नजिकै डढेलो आइपुगेको प्रहरीले जनाएको छ ।