गर्मी बढेपछि चितवन आयुर्वेद चिकित्सालयले बिहान ८ बजेदेखि सेवा दिने

चितवनस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले आइतबारदेखि बिहान ८ बजेबाट सेवा सुरु गर्ने भएको छ। चिकित्सालयले गर्मी मौसमका कारण सेवा बिहान सुरु गर्न लागेको जनाएको छ। चिकित्सालयकी प्रमुख डा कोपिला अधिकारीका अनुसार बिहान ८ बजेदेखि नै ओपिडी, प्रयोगशाला, आयुर्वेद थेरापी, अकुपन्चर, फिजियोथेरापी, फार्मेसी लगायतका सेवा सुरु हुने छन्।

1140x725