उपनिर्वाचनमा सेना प्रयोग गर्न राष्ट्रपतिको स्वीकृति

राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार हुने उपनिर्वाचनका लागि सेना परिचालन गर्न अनुमति दिएका छन् ।

 गत वैशाख १० गतेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकको सिफारिसको आधारमा राष्ट्रपति पौडेलले सेना परिचालन गर्न अनुमति दिएका हुन् । इलाम क्षेत्र नं २ मा हुने प्रतिनिधि सभा र बझाङ १ (१) मा हुने प्रदेश सभाको निर्वाचनमा सेना परिचालनका लागि मन्त्रिपरिषद्ले सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले संविधानको धारा ६६ को उपधारा २ बमोजिम स्वीकृति दिएका हुन् । वैशाख १५ गते शनिबार इलाम क्षेत्र नं २ र बझाङ १(१) मा उपनिर्वाचन हुँदैछ ।