वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

शिक्षामन्त्रीले शिक्षकलाई राजनीतिबाट टाढा गर्न खोजेपछि काठमाडौं र ललितपुरका शिक्षकले खोजे निहुँ

सरकारी शिक्षकको जागिर काइदाको छ। आफू सरकारी विद्यालयमा पढाउने अनि छोराछोरीलाई निजी स्कुलमा पढाउने। अनि त्योभन्दा अर्काे काइदा छ, हाजिर ठोकेर राजनीति गर्ने। नेपालमा ७७ हजार यस्ता शिक्षक छन्, जो प्रत्यक्ष रुपमा राजनीतिक दलमा आवद्ध रहेर राजनीति गर्छन्। शिक्षकले प्रभाव छाड्ने भएकाले दलहरु पनि शिक्षकलाई राजनीतिमा ल्याउन मरिहत्य गर्छन्।

तर, शिक्षामन्त्री सुमना श्रेष्ठले डण्डा लगाउन खोजेकी छन्।

https://barnanmedia.com/news/detail/173614/

माधव नेपालको चुरीफुरीले ओली आजित, सबै साना दल बाहिर राखेर कांग्रेससँग गठबन्धनको गृहकार्य

अहिले संघीय सरकारमा ३२ सिटको माओवादी सरकारमा छ । त्यही माओवादी ८० देखि ९० सिटका कांग्रेस र एमालेलाई खेलाइरहेको छ । यतिसम्म त ठीकै थियो ।

मान्यताप्राप्त पार्टीसमेत नभएका माधव नेपालसमेत प्रधानमन्त्री बन्ने लोभमा पाइलैपिच्छे सरकार ढालिदिने धम्की दिँदै हिँडेका छन् । प्रदेशहरुमा साना दलको धम्की खपिनसक्नु छ । सबै प्रदेशमा गतिरोध छ । 

https://barnanmedia.com/news/detail/173626/

विद्युतीय सवारीकोर्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु भएको छ ।  स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आयोजनामा भइरहेको हिमालयन हाइड्रो एक्स्पो विद्युत खपत बढाउने सन्देश सहित सुरुवात गरिएको हो ।

र्‍यालीको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका छन् । चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको सुरुवात अघि बिहान विद्युतीय सवारी प्रर्वद्धन र विद्युत खपत बढाउने सन्देश दिंदै इभी र्‍याली  आयोजना गरिएको इप्पान अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।

https://barnanmedia.com/news/detail/173640/

कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गर्नुभएको छ ।

मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका क्रममा विभिन्न आठ विषयका सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ । कतारका अमिर अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि उहाँहरुको उपस्थितिमा ती  सम्झौता र समझदारीमा  हस्ताक्षर भएको हो ।

केहि समय अगाडी बैकिङ्ग कसुरमा फरार रहेकी करुणा शाही पक्राउ

 कहोलपूर नगरपालीका ११ वस्ने करुणा शाहीलाई ईलाका प्रहरी कार्यलय कोहलपूर बाँकेले आईतबार पक्राउ गरेको हो । उनलाई बर्दियाको, बानियाभारबाट (माईतीघर) प्रहरीको टोलीले पक्राउ गरेको बताएको छ । ईलाका प्रहरी कार्यलयका डिएसपी धर्म भण्डारीले अहिले बयान लिने काम भइरहेको र बैंकको कागजात रुजु हुनेक्रममा रहेको जानकारी दिएका छन् । 

केहि समय अगाडी बैकिङ्ग कसुरमै फरार रहेका उनका श्रीमान् अर्जुन बहादुर खाँड ठकुरी पनि पक्राउ परेका थिए । उनलाई गत माघ २७ गते प्रहरी वृत सातदोवाटो ललितपुरबाट पक्राउ गरि कोहलपुर इलाका प्रहारी कार्यलय बाँके पुर्याइएको थियो । त्यसपछि गत फाल्गुन १५ गते जिल्ला अदालत बाँकेले धरौटीमा उनलाई रिहा गरेको थियो । हाल यो मुद्दा अदालतमा विचाराधीन रहेको छ ।

साताको कारोबारको तेस्रो दिन : नेप्से परिसूचक ०.१५ अंकले बढेर १९६९.१७ अंकमा

 साताको कारोबारको तेस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ । बुधबार नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक ०.१५ अंकले बढेर १९६९.१७ अंकमा पुगेको छ । आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ३ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी १० वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

बुधबार कारोबार रकमका आधारमा नेपाल रि–इन्स्योरेन्स कम्पनीको प्रमोटर सेयरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६३ करोड ३० लाख ९३ हजार २ सय ५८ रुपैयाँको प्रमोटर सेयर कारोबार भएको छ । आजको दिन नेप्सेमा पोखरा फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

काँग्रेसका प्रतिनिधि सभा सांसद टेकबहादुरको निलम्बन फुकुवा

निलम्बन फुकुवा गर्न माग गरी रिट दायर गरेका गुरुङको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको थियो। सर्वोच्चको आदेश कार्यान्वयन गर्न लागिएको संघीय संसद सचिवालयले जनाएको छ। संघीय संसद सचिवालयका अनुसार सर्वोच्चको आदेश कार्यान्वयन गर्न लागिएको हो। यससँगै सांसद गुरूङले अब प्रतिनिधिसभाको नियमित बैठकमा उपस्थित हुन पाउने भएका छन् ।

भ्रष्टाचार मुद्दामा आफूलाई जरिवानामात्रै भएको तर कैद सजाय नभएको भन्दै गुरुङले सांसद पद निलम्बन फुकुवाको मागसहित दायर गरेको रिटमा सर्वोच्चले चैत १६ गते सदर गरेको थियो । उनलाई भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतले दोषी ठहर गरेको थियो ।

आज वैशाख १२ : विनाशकारी भूकम्पको ९ वर्ष पूरा

 

वैशाख १२ को विनाशकारी भूकम्पको ९ वर्ष पूरा भएको छ। 

२०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पको ९ वर्ष पूरा भएको हो। मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा ७.६ रेक्टर स्केलको भूकम्प जाँदा आठ हजार ९७० जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांक छ। 

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

 नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ । 

 कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा आज ती समझदारी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले राससलाई जानकारी दिनुभयो । 

अमेरिकी सदनमा टिकटकलाई रोक लगाउनेसम्बन्धी विधेयक पास

 अमेरिकी माथिल्लो सदन सिनेटले पनि टिकटकलाई रोक लगाउनेसम्बन्धी विधेयक पास गरेको छ । तल्लो सदन कंग्रेसले गएको शनिबार नै सोसम्बन्धी विधेयक पास गरेको थियो ।

यो विधेयकले टिकटकको सञ्चालक कम्पनी बाइटडान्सलाई यसको हिस्सेदारी बेच्न समय दिएको छ । यदी बिक्री नगरेमा नौ महिनापछि अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लाग्नेछ ।

सुनको मूल्य तोलाको ५००ले बढ्रयाे

नेपाली बजारमा आज वुधबार छापावाला सुनको मूल्य तोलाको ५०० बढेको छ । सुनचाँदी महासंघको जानकारी अनुसार छापावाला सुन तोलाको ५०० रुपैयाँ बढेर तोलाको एक लाख ३६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ३५ हजार ३५० रुपैयाँ आजको कारोबार मूल्य तोकिएको छ ।

‘लू’बाट बच्न आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ । 

    मन्त्रालयले तराईमा तातो हावासँगै ‘लू’ चलेकाले सबैलाई बच्न आग्रह गरेको हो । ‘लू’ले गर्दा मुटुको चाल तीव्र हुने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप घट्ने, पसिना निस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिने गर्दछ । 

नेपाल-कतार द्विपक्षीय वार्ताः नेपालमा लगानी गर्न प्रधानमन्त्री दाहालको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र कतारबीच रहिआएको आपसी सम्बन्धलाई थप सुदृढ तुल्याउँदै दुवै देशको हितमा सहयोग आदानप्रदान हुनुपर्ने बताउनुभएको छ । 

प्रधानमन्त्री दाहाल र नेपालको राजकीय भ्रमणमा रहनुभएका मित्रराष्ट्र कतारका अमिर (राजा) शेख तामिम बिल हमाद अल थानीबीच आज यहाँ भएको ‘द्विपक्षीय वार्ता’ का क्रममा प्रधानमन्त्रीले नेपालमा कृषि, पर्यटन एवं पूर्वाधारका क्षेत्रमा लगानीका लागि उपयुक्त अवसर रहेको जानकारी गराउनुभयो । 

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता

 मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी आज फिर्ता हुनुभएको छ । उहाँलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो । 

सो अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नरायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठ, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, मुख्यसचिव वैकुण्ठ अर्याललगायत उपस्थित हुनुहुन्थ्यो । कतारका अमिरको बिदाइका अवसरमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो ।

रङ्गशाला निर्माण सम्झौता भङ्ग गर्ने राखेपको निर्णयप्रति जनकपुरधाम उपमहानगरको विरोध

धनुषाको जनकपुरधामस्थित श्री रामजानकी बहुउद्देश्यीय रङ्गशाला निर्माणका लागि जग्गा बहालसम्बन्धी सम्झौता भङ्ग गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्णयप्रति जनकपुरधाम उपमहानगरपालिकाले विरोध जनाएको छ । 

उपमहानगरपालिकाले आज एक विज्ञप्ति जारी गरी राखेपले जनकपुरधाम–१४ मा रगङ्शाला निर्माण गर्ने भनी गुठी संस्थानसँग गरिएको जग्गा बहाल सम्झौता एकपक्षीय ढङ्गले भङ्ग गर्ने निर्णय गरेको भन्दै विरोध जनाएको हो । रङ्गशाला निर्माणमा प्रतिबद्ध रहेकै बेला