काँग्रेसका प्रतिनिधि सभा सांसद टेकबहादुरको निलम्बन फुकुवा

 निलम्बन फुकुवा गर्न माग गरी रिट दायर गरेका गुरुङको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको थियो। सर्वोच्चको आदेश कार्यान्वयन गर्न लागिएको संघीय संसद सचिवालयले जनाएको छ। संघीय संसद सचिवालयका अनुसार सर्वोच्चको आदेश कार्यान्वयन गर्न लागिएको हो। यससँगै सांसद गुरूङले अब प्रतिनिधिसभाको नियमित बैठकमा उपस्थित हुन पाउने भएका छन् ।

भ्रष्टाचार मुद्दामा आफूलाई जरिवानामात्रै भएको तर कैद सजाय नभएको भन्दै गुरुङले सांसद पद निलम्बन फुकुवाको मागसहित दायर गरेको रिटमा सर्वोच्चले चैत १६ गते सदर गरेको थियो । उनलाई भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतले दोषी ठहर गरेको थियो ।