कर्णालीका नवनियुक्त मन्त्री रणसिंहले लिए शपथ

कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् । 

रणसिंह नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् । बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले उनलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । सोही अनुसार मुख्यमन्त्री यामलाल कँडेलले उनलाई मन्त्री नियुक्त गरेका हुन् । 

चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले अझै पनि सरकारलाई पूर्णता दिन सकिरहेका छैनन् । उनले आफ्नो दलबाट समेत एउटै मन्त्री नियुक्त गर्न सकिरहेका छैनन् । बिहीबार उनले संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् ।