विद्युत् प्राधिकरणका एक कर्मचारीको करेन्ट लागेर मृत्यु

काठमाडौँ । विद्युत् प्राधिकरण सुर्खेतका एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–३, तातापानीका २८ वर्षीय विशाल केसी रहेका छन् । 

बराहताल गाउँपालिका–८, कुनाथरीमा विद्युत् मर्मत गर्ने क्रममा उनलाई मंगलबार करेन्ट लागेको थियो । विद्युत् प्राधिकरण सुर्खेतका सूचना अधिकारी बेनी नेपालीका अनुसार थप उपचारका क्रममा केसीको प्रदेश अस्पतालमा मृत्यु भएको हो ।