हावाहुरीको कारण फेवातालमा डुंगा दुर्घटना

कास्की को पोखरा महानगरपालिका–६ फेवातालमा डुंगा दुर्घटना भएको छ ।

मंगलबार दिउँसो अचानक आएको हावाहुरीको कारण डबल प्याडल बोट दुर्घटना भएको हाे।दुर्घटनामा काठमाडौँका विक्रम मिकरानी, वर्षीया आशिफा बानु, वर्षीया अनैजा दिल शाह, वर्षीया रजिना खातुन र डेढ वर्षीया बालिका मिरा रानीकाे अवस्था सामान्य रहेकाे सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

दुर्घटनामा परेका पाँच जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको उनले बताएका छन्।थापाका अनुसार दुर्घटनामा परेका पाँच जना फेवाताल नजिकै रहेको माछा पालन केन्द्रको जालमा अड्किएका थिए ।