सन्यासको चार वर्षपछि पाकिस्तानी क्रिकेट टोलीमा फर्किए मोहम्मद आमिर

चार वर्षपछि पाकिस्तानका लागि फेरि बल समात्दै मोहम्मद अमिरले तीन ओभरमा १३ रन खर्चेर न्युजिल्यान्डका दुई ब्याट्सम्यानलाई प्याभिलियन फर्काए ।

गत महिना मोहम्मद आमिरले सन्यासबाट यू-टर्न लिएर अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएको घोषणा गरेका थिए। आमिर न्युजिल्याण्ड विरुद्धको पाँच खेलको टी–२० सिरिजका लागि पाकिस्तानी टिममा छनोट भएका छन् ।

पाकिस्तान र न्युजिल्याण्डबीचको पहिलो खेल १८ अप्रिलमा भएको थियो । तर वर्षाका कारण यो खेलमा २ बल मात्र खेल्न सकेन र आमिरले बलिङ गर्ने मौका पाएनन् । तर २० अप्रिलमा भएको दोस्रो खेलमा आमिरले करिब चार वर्षपछि पाकिस्तानका लागि बल समातेका थिए ।

खेलको दोस्रो बलमा आमिरले न्युजिल्यान्डका ब्याट्सम्यान टिम रोबिन्सनलाई प्याभिलियन फर्काए । यसपछि आमिरले आफ्नो दोस्रो ओभरमा फक्सक्रफ्टलाई प्याभिलियन फर्काए । यस खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले हराउन सफल भएको थियो ।

पाकिस्तान क्रिकेट बोर्डसँगको विवादका कारण आमिरले २०२० मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।