एमाले परिषद् बैठकः छ समूहमा छलफल सुरु
![](https://snowberry.prixacdn.net/media/gallery_folder/uml-sachiwalay-768x473_sCVKjZQj3Z_p71g6wzexgbrdajuykvartvl2l3ffyqj3zchgcmqf9heyktcungl1tahxv1p_2Dzb0sMGcQ_vbijjhsgfpnkj6sn2aansxc0ddl38qlsmt0hdbt6xya4tffojctwyb5x6l2f.jpg)
काठमाडौँ, ९ वैशाख: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा प्रस्तुत प्रतिवेदनहरुमाथि आज छ वटा समूहमा छलफल सुरु भएको छ ।
लतिलपुरको गोदावारीस्थित सनराइज हलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन र केन्द्रीय निकायका प्रतिवेदनमाथि छलफल सुरु भएको हो ।
परिषद् बैठकमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराका प्रतिवेदनमाथि पनि एकैसाथ छलफल सुरु भएको छ ।
लोकतान्त्रिक भित्तोको व्यवस्था
सो पार्टीका केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले समूहगत छलफलका साथै व्यक्तिगत र लिखितरुपमा थप विचार÷सुझाव दिन चाहने प्रतिनिधिका लागि लोकतान्त्रिक भित्तोको व्यवस्था गरिएको जनाउनुभयो ।
उक्त भित्तोमा लिखित सुझाव टाँस्न सकिने र नेतृत्वले त्यसलाई अध्ययन गरी प्रतिवेदनमा आवश्यकताका आधारमा समावेश गर्नेछ । “विभिन्न समूह र लोकतान्त्रिक भित्तो गरी दुवै माध्यममा आमरुपमा लोकतान्त्रिक विधिबाट प्रतिवेदनहरुमाथि उत्साहजनकरुपमा छलफल भइरहेको छ”, नेता गौतमले भन्नुभयो । बैठकमा दुई हजार चार सय ५४ प्रतिनिधि सहभागी छन् ।
---
![चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण](https://snowberry.prixacdn.net/media/gallery_folder/dengue_dRCI2kclh1_9xtadtriyuhkyfpwlrv6xegw2zndjb8uh16982ijfhctz8iwgshodbubyxwy_DTcH9s0bgu_bsoh3jqr1wxs7ky1fcwwqlapvemrze1dtqepbycifwip3ecqyndweyxluurg.jpg)
चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण
![नेपाल प्रहरीका २८९ जना लेखापालहरूको सरुवा काे कहा पुगे(सुचिसहित)](https://snowberry.prixacdn.net/media/gallery_folder/Nepal_Police_qwOqUoVHGI_rzyjytyybpvcnxcjurmo6bpnknrqdbiegewczprsje2ddr6gwj5gfd8n5i6h_VF81HHaE3P_rw2nnzknc7e0wjlikliufaqwdyqjbtkjkw72rbqnqstc5gbttbh7oxyck12b.jpg)
नेपाल प्रहरीका २८९ जना लेखापालहरूको सरुवा काे कहा पुगे(सुचिसहित)
![आऊ बलात्कारीको पूजा गरौं !](https://snowberry.prixacdn.net/media/gallery_folder/%25E0%25A4%25A8%25E0%25A4%25BE%25E0%25A4%25B0%25E0%25A4%25BE%25E0%25A4%25AF%25E0%25A4%25A3%2520%25E0%25A4%25AA%25E0%25A5%258D%25E0%25A4%25B0%25E0%25A4%25B8%25E0%25A4%25BE%25E0%25A4%25A6%2520%25E0%25A4%25A6%25E0%25A4%25BE%25E0%25A4%25B9%25E0%25A4%25BE%25E0%25A4%25B2_ViEhJklWD0_xtmyjshcdgaynheeklwcfgfbpgd0biwtmz3pmfez4vpvprchryv9tydyqmeb_u1SIHKcCBr_tmonkw7tlqweriltoojt4cgghe8pe2pzxj3y9cfbmzy0erpphftozewjmlxd.png)
आऊ बलात्कारीको पूजा गरौं !
![मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी](https://snowberry.prixacdn.net/media/gallery_folder/Yarsa_uqHthqGXlh_usn2vzey0cnnqnneuzu5nubawupnvhrijeyetamkxyzslkbkns8907f3ajg1_NIzHO23lvs_lswxuclsrba5ohvz1z7veau6yqroxkjznjtkisr7v9ihv1qnjnxzqef99ejy.jpg)
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी
![चार सय परिवारलाई खानेपानी](https://snowberry.prixacdn.net/media/gallery_folder/oooo_5lECLiu7mJ_crmygim9zrpkoxttyss665lehpbulbbsmo7qthhpirmuj52ysgychuuweo9q_y7EhBi6LWS_zs9fxym9khcszras1i7zvtdt4iv3qqonift8bcafwctlfsviajy7v4hfr67d.jpg)
चार सय परिवारलाई खानेपानी
![तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र](https://snowberry.prixacdn.net/media/gallery_folder/sadak_k8esafXHun_1rujk74wyknbufjh49l4otmms0msotlolvag5tu8yfsllgromqgv6j3aoqm6_Ia3TfaQLLF_45kamir2mfhivi2gsoq6j3wsmc1kri7t88z10sywkgxofisohyyxyuaewmsj.jpg)
तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र
![चारवटा प्रदेशमा भारी वर्षा हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/y_CGHou8oQY7_atl2f9wuqfocqmnq9paqgprclp2fskxicysfulyp5buzmd6xoewi6ozr2pdd_chkLXSbChu_jnt7jnx1uxl9dg9pjetyovkembvhghjz3vbsijxtuykqr34q0x9rqui7zkex.png)
चारवटा प्रदेशमा भारी वर्षा हुने
![पाकिस्तानको मानव अधिकार आयोगका अध्यक्ष असद इकबाल बट पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/ANI-20240702115938_DnDBXCPWIM_2ft2pgvg0ui42esllan7mqpghbeucztv3kx2lkrvw5kf9935mg6rxbdxrak5_1SL1fJIUuS_py80f5evftjigvxzi9brca3d1si4u2dnqp5jw1h3f1ryceeb23mpwmygepfa.jpg)
प्रतिक्रिया