गोरखाको वीरेन्द्र ताल फुट्यो,सतर्कता अपनाउन अनुराेध

काठमाडौँ ।  गोरखाको वीरेन्द्र ताल फुटेको छ । मनासलु बेसक्याम्पबाट झरेको हिम पहिरोका कारण तालको पानी बाहिर निस्किएको हो । 

चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेका अनुसार तल्लो तटीय क्षेत्रमा नदीको आकार बढेको छ । 

‘माथि खासै ठुलो क्षति भएको छैन । एउटा काठेपोल बगाएको भन्ने छ,’ उनले भने, ‘तल्लो क्षेत्रमा नदी बढेको छ । सतर्कता अपनाउन भनेका छौँ ।’