रुपन्देहीका नौ गाउँमा आगलागी
![](https://snowberry.prixacdn.net/media/gallery_folder/aago-lagi_k3HwWJM5aV_q3hms0s83krxzybmyr5fdboexbghgbryl1ccti1cs3ccsscrovdpyhny0y8e_odCF8PitUj_qlyr8kjqad8exph266w4eahjkgf4zg8590x5waliyfngqksnfoq079fkjcil.jpg)
तराई क्षेत्रमा लामो समयदेखि वर्षा नहुँदा यहाँको जनजीवन प्रभावित भएको छ । पानीको अभाव र सुक्खा मौसमका कारण रुपन्देहीका विभिन्न स्थानमा आगलागी हुँदा चौपाया, अन्नबाली एवं घरमा क्षति भएको छ ।
रोहिणी गाउँपालिका–६ बाट शनिबार अपराह्न नौवटा गाउँमा आगो फैलिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिनुभयो । गहँुको नलबाट सुरु भएको आगो बतासका कारण फैलिँदा बिष्णुपुरा, पर्सा, बुची, बरवा, तर्कुलहा, कोटहवा, चम्कीपुर हँुदै प्रिप्रहवामा क्षति भएको छ ।
आगोले मानवीय क्षति नभए पनि ४० वटा घर जलेका तथा ३९ वटा बाख्रा मरेका उहाँले बताउनुभयो । प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, देवदह नगरपालिकाको दमकल र स्थानीयको प्रयासले साँझ आगो निभाइएको थियोे ।
आगलागीको घटना जिल्लाभरिबाट नै भएका प्रवक्ता भट्ट बताउनुहुन्छ । गैडहवा गाउँपालिकामा पनि आगलागीमा लाखौँको क्षति भएको छ । वडा नं ७ सिसैं बस्ने बाले मिन्द्र लोधको फुसले छाएको गोठमा विद्युत् चुहिँदा आगलागी भएको थियो । उक्त गोठमा रहेका नौ बाख्रासहित रु तीन लाख बढीको क्षति भएको प्रहरी कार्यालयले जानकारी दिएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–९ पिपरामा खेतमा गहुँका ठुटा जलाउने क्रममा लागेको आगोे होटल पवन प्यालेस परिसरमा पुगेको थियो । यसबाट प्लाइउड, लत्ताकपडा, भाडावर्तन, खाद्यान्नलगायत रु सात लाख बराबरको क्षति भएको प्रवक्ता भट्टले बताउनुभयो ।
![आधा हातले कम्प्युटर चलाउने गणेश राई प्रधानमन्त्रीको सचिवालयमा नियुक्त](https://snowberry.prixacdn.net/media/gallery_folder/rai-ganesh-co_W5YXKTIi85_ajzmgm4p1zxzg4ffg19wkoaruaecvuehkeahqhcbcvqiqso74nqpozvibknq_erNOdZhIgL_kvcc5vtlvri0z1ts8i36mduc4djfgwvfoo8ibmyrnrznxihgv96h42efx3cb.jpg)
आधा हातले कम्प्युटर चलाउने गणेश राई प्रधानमन्त्रीको सचिवालयमा नियुक्त
![दुई हजार रोपनीमा फलफूल बगैँचा स्थापना](https://snowberry.prixacdn.net/media/gallery_folder/flower_exhibition2024-03-18-03-03-29_Bk2d8ufVTF_ybjfejehfthfegt21rmtvfmnd1yeb6nr8jpv9ax2kvozxf7bhmgwrhocfdhp_q7V0GqQmIp_z1nmmhho1i9dbskpxvczr8fxztnc7ndlgmkvvkrzbt68ej5gdgyqpa4ayw1z.jpeg)
दुई हजार रोपनीमा फलफूल बगैँचा स्थापना
![कृषि उपजलाई बजार अभाव](https://snowberry.prixacdn.net/media/gallery_folder/Kirsi%2520upaj_rvvsFfbYGF_xlvsepkbfi6vbhtrkb8kzttptkl47m0xoxox9w7bb0j95pm27biczlrpsjhh_R4aPTPD1kO_sixztqpemjd4ag4s5npmqduh9iwdc9fupddmrrowr1hjlljgzwtqmfwobgxd.jpg)
कृषि उपजलाई बजार अभाव
![सरकारले गलतीले मृत घोषित गरिएका एक भारतीय व्यक्तिले आफू जिउँदै छु भनेर प्रमाणित गर्न अपराधको साहरा](https://snowberry.prixacdn.net/media/gallery_folder/rajasthan-man2_b24UhVTm91_v3FnQQpmWG_wzhmgcn2rftlskpvzebmzetb8yzxqsbelctoxaewxwzhutzcc9ys0lwybams_BsA3HNNygJ_440kls4cltyjhf4eubop1otckf1m7bsclpto7mratzihhkmsenzzwtxk691s.webp)
सरकारले गलतीले मृत घोषित गरिएका एक भारतीय व्यक्तिले आफू जिउँदै छु भनेर प्रम…
![बीपीको सिद्धान्त शेखरले बचाएका छन्, उनलाई समर्थन गरौं : कांग्रेसकी नेतृ सुजाता](https://snowberry.prixacdn.net/media/gallery_folder/sujata-koirala_GDDEsNs1aQ_C7uy3CbGRa_vvcgzljlantrxpjea2062ikcs4nl6z84bipluqaakv8tlduqkrewtakwgojr_2bqErOqt4J_nezan87ip9isatxvifci4rwwcqmfy1g666bryganhnanz4vbkggugwsnoexj.jpg)
बीपीको सिद्धान्त शेखरले बचाएका छन्, उनलाई समर्थन गरौं : कांग्रेसकी नेतृ सुजा…
![एलओसीमा झडप : एक पाकिस्तानी नागरिकको मृत्यु, २ भारतीय सेना घाइते](https://snowberry.prixacdn.net/media/gallery_folder/kashmirma_pher_bhidanta_0tw3fpyD2M_y8tw8evdssefcwuvc0k8lx8ycbhnhry3eqcqtsj7azbxdfpt28oervlqy3e6_Vt3fXZkrRH_vicifitplyinbpd7oikfq2tptfz0l5izeal8jnbb9ruuut7qgpwxb0x8oeoi.jpg)
एलओसीमा झडप : एक पाकिस्तानी नागरिकको मृत्यु, २ भारतीय सेना घाइते
![समाज सेवामा युवाको भूमिका महत्वपूर्ण](https://snowberry.prixacdn.net/media/gallery_folder/main-qimg-81d3833fbad7c2810b55661abca09416-lq_wazrgVGdQD_qelmwxzdqgc1lhshhmorsrsew6yj5av1rcdirrxujnrsrbggiw9uttotbfv2_c6yTO7HjrS_lkuabsyt3h3tmeqy11rbnk5ocv1uthijmsvlt2tzodopop65zwvvwcja3lde.jpeg)
समाज सेवामा युवाको भूमिका महत्वपूर्ण
![अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसको उम्मेदवारी घोषणा](https://snowberry.prixacdn.net/media/gallery_folder/453103239_925517762953215_7666439444351459727_n_h9DPLRLzak_htn1bzklanbfcjcht16t7jqk0ipczchpxyqe79xc40hok8rjplnzs5xngya6_dSNACVc3CJ_mnng3kodttaek4qhzqmvecgcmdwcm1r4djxru5awrecd8i8hrj1vyudihadj.jpg)
प्रतिक्रिया