गुल्मीमा शुक्रबार देखि फैलिएको डढेलोले विद्युत्को सबस्टेशनसहित २८ घरगोठ भयाे नष्ट
![](https://snowberry.prixacdn.net/media/gallery_folder/fire-aago-aaglagi-jalera1678519903_b215tpAd8l_bgtqnrmqdnisdgnfsj4qr9zcuwylm31u2vw7mxdobkruvcufxwkw4apaw3hs_myww5MMmAw_ocrt8mn3vlfnugc3tmsn2evluaabs8drktrvivfmofamwnfiehhxhywjngxr.jpg)
काठमाडौँ, ९ वैशाख गुल्मीमा आगलागीबाट २८ घरगोठ जलेका छन् । शुक्रबार र शनिबार रातिसम्म लागेको आगोले जिल्लाको इस्मा गाउँपालिका–१, २ र ४ तथा गुल्मीदरबार गाउँपालिकामा क्षति भएको छ ।
इस्मा गाउँपालिका–१ की वसुन्धरा कुँवरको घरगोठ पूर्ण रूपमा जलेको छ । स्थानीय रमेश थापाको घरगोठ, होमबहादुर मल्लको गोठ, लीलाबहादुर थापाको घरगोठ, टीकाबहादुर रायमाझीको घरगोठ एवं रामबहादुर थापाको घरगोठ जलेका हुन् ।
त्यसैगरी चन्द्रबहादुर कुँवरको घरसहित कुटानी–पिसानी मिल, किराना पसल र गोठ, गोपालबहादुर थापाको किराना पसल, धर्मराज थापाको घरगोठ र मिल तथा इन्द्रबहादुर थापाको किराना पसल र तीनवटा गोठ नष्ट भएका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता शङ्करप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।
शनिबार दिउँसोदेखि इस्मा गाउँपालिका–२ स्थित सिन्दुखाको रानी सामुदायिक वनमा लागेको आगो बस्तीमा फैलिएको थियो । त्यसबाट हस्तीचौरका १५ जनाको घरगोठ जल्नुका साथै दर्जनौँ पशुचौपायको मरेका प्रहरीले जनाएको छ । इस्मा गाउँपालिका–४ को हुल र कोटकोटेरीमा लागेको आगोले टोकली बस्नेतको गोठ, सूर्यबहादुर र गुञ्जबहादुरको गोठ जलेको प्रहरी प्रवक्ता पोख्रेलले बताउनुभयो ।
इस्मा गाउँपालिका– १ मा लागेको आगोका कारण ट्रयाक्टरचालक १९ वर्षीय हिमाल राना र मुसिकोट नगरपालिका–७ पल्टारका २१ वर्षीय प्रेम राना घाइते हुनुभएको छ । उहाँहरूको हातखुट्टा र अनुहार जलेको छ । घाइतेको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । डढेलोका कारण लु४त ६५३५ नम्बरको ट्रयाक्टर जलेको छ ।
विद्युत्को सबस्टेशन जल्यो
शुक्रबार नजिकैको वनबाट फैलिएको डढेलोले गुल्मीदरबार गाउँपालिका–४ वीरवासको विद्युत् सबस्टेसन जलेको छ । सबस्टेशनलाई पूर्ण रूपमा क्षति हुनबाट रेसुङ्गा नगरपालिकाको दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले बचाएका छन् । आगोबाट रु दुई करोड बराबरको क्षति भएको छ । नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलका अनुसार कन्डक्टर, केवललगायत सामग्री जलेकाले रु दुई करोडको क्षति भएको अनुमान गरिएको छ । डढेलोले धेरै क्षति भएको इस्माका तीन स्थानमा राहतका काम सुरु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।
![काठमाडौँ-तराई/मधेस द्रूतमार्ग : जग्गा अधिग्रहणको प्रतीक्षामा नेपाली सेना](https://snowberry.prixacdn.net/media/gallery_folder/Fast%2520Track_O3HIOjs0FO_gxrjhqms5up8n4ywna2kdrnfp6xbjzlsjdo11fd8yfv60wkgjmnn9lr7xogc_RQ7TLkAXVU_ttg3yn9lclvu48gkete068vrkmoygfpylypyh74pkcwdcppsislnthnwldko.png)
काठमाडौँ-तराई/मधेस द्रूतमार्ग : जग्गा अधिग्रहणको प्रतीक्षामा नेपाली सेना
![विद्युत् बक्यौता नतिर्ने ग्राहकको लाइन काटियो](https://snowberry.prixacdn.net/media/gallery_folder/275526729electric-line_WS6n8poNMj_6jxps1me9anv23mnyqupbtaptv1pctfu7w5kdfu7nlekbywltob8ggmxwsrs_xHq5yu7lsd_l2h6sykb6vu4fwqcwiocgv80frmm0eufckpswrih2irvlynptnjrorrkbmyn.jpeg)
विद्युत् बक्यौता नतिर्ने ग्राहकको लाइन काटियो
![अनियमितताका ‘फाइल’ अनुसन्धान हुनुपर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/b%2520p%2520shanti%2520samaj%2520photo_njwL5aEDRH_valas3i4ijwymv4ifhoqqnjzeyufxzui6olkqs6pckrmywmjiykhef8etw6v_oh3aGOmfzW_srrekwtbs2y3ii6hqx5khsymztc8uuxh3p0jdefgcrqexglblyuppn4bqjg9.jpeg)
अनियमितताका ‘फाइल’ अनुसन्धान हुनुपर्ने
![धनगढीको नोभा अस्पतालमा बिरामिकाे मृत्युपछि तनाव,स्थिति नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रुग्यास](https://snowberry.prixacdn.net/media/gallery_folder/Nova-Hospital_B4jErkr9AR_nkxga7klyjokcjkpttv0kknwo17afybljip0d9okctluhwfc2prri8y6ngzg_clTSR3Ihdf_ttrhusueivwzvdgpw3cycmqg4vtlhaixdmq0rpxq3ei4z4r9fqhphlhegtq4.jpg)
धनगढीको नोभा अस्पतालमा बिरामिकाे मृत्युपछि तनाव,स्थिति नियन्त्रणमा लिन प्रहरील…
![आधा हातले कम्प्युटर चलाउने गणेश राई प्रधानमन्त्रीको सचिवालयमा नियुक्त](https://snowberry.prixacdn.net/media/gallery_folder/rai-ganesh-co_W5YXKTIi85_ajzmgm4p1zxzg4ffg19wkoaruaecvuehkeahqhcbcvqiqso74nqpozvibknq_R2qIRFbwhZ_vagyxt5hswbvhlykvyd1cgih1j4wbrshfef0urjsyacqxfgveffblvccrftj.jpg)
आधा हातले कम्प्युटर चलाउने गणेश राई प्रधानमन्त्रीको सचिवालयमा नियुक्त
![दुई हजार रोपनीमा फलफूल बगैँचा स्थापना](https://snowberry.prixacdn.net/media/gallery_folder/flower_exhibition2024-03-18-03-03-29_Bk2d8ufVTF_ybjfejehfthfegt21rmtvfmnd1yeb6nr8jpv9ax2kvozxf7bhmgwrhocfdhp_g5hxIJokLM_pvp8gvavxy8icaoeae5le3c1pszcp9vptsshtbbv40bbjqc9b2mnuck6asqz.jpeg)
दुई हजार रोपनीमा फलफूल बगैँचा स्थापना
![कृषि उपजलाई बजार अभाव](https://snowberry.prixacdn.net/media/gallery_folder/Kirsi%2520upaj_rvvsFfbYGF_xlvsepkbfi6vbhtrkb8kzttptkl47m0xoxox9w7bb0j95pm27biczlrpsjhh_VyFDwmDUaa_ee9yaavpedk2rv6vwnkjbv0n7v8cihqucyz2tolidmbac0ini6duod7n7ray.jpg)
कृषि उपजलाई बजार अभाव
![सरकारले गलतीले मृत घोषित गरिएका एक भारतीय व्यक्तिले आफू जिउँदै छु भनेर प्रमाणित गर्न अपराधको साहरा](https://snowberry.prixacdn.net/media/gallery_folder/rajasthan-man2_b24UhVTm91_v3FnQQpmWG_wzhmgcn2rftlskpvzebmzetb8yzxqsbelctoxaewxwzhutzcc9ys0lwybams_0HZO0HGFL6_jibyvxhyfa5kwxtj5wbyyswrperhqsfuqyy9vrispoiypdtxidtpzkgalqon.webp)
प्रतिक्रिया