पनौतीमा पशु खोप अभियान
![](https://snowberry.prixacdn.net/media/gallery_folder/khop_14TpWh9nF4_I8aTmFbYkP_pxxh9twtkjhacknwibva1h5e6mpac8ke2roayktyywlgs336lfxen6copqrd_8ojjvHoOBx_qfdvcm6okk76f0iplcr394lpikyhupl9qp3rpv4wuxqxxngyncuvdvea5la2.jpeg)
पनौती नगरपालिकाले आजदेखि किसानका गोठमै पुगेर निःशुल्क खोप अभियान सञ्चालन गरेको छ । नगरले गर्मी बढेसँगै पशुमा विभिन्न रोग लाग्ने ठानेर पूर्वतयारीस्वरुप खोप अभियान थालेको हो ।
पनौती नगरले गाई, भैँसीमा लाग्ने लम्पी स्किन तथा भेडाबाख्रामा लाग्ने पिपिआर रोगविरुद्धको खोप निःशुल्क लगाउने नगरका पशुपक्षी शाखा प्राविधिक अधिकृत लीलानाथ सापकोटाले बताउनुभयो । पनौती नगर क्षेत्रभित्रका सम्पूर्ण पशुमा रोग रोगथामका लागि डेढ महिना अभियानको रूपमा किसानका गोठमा गई निःशुल्क खोप लगाइने छ ।
बाह्र वडा रहेका नगरमा विभिन्न मितिमा अभियान जेठ २५ गतेसम्म सञ्चालन हुने जनाइएको छ । शाखाले यसअघि सार्वजनिक अपिल गर्दै यस अभियानलाई किसानले साथ दिन र आफूले पालेका निरोगी गाई, भैँसी तथा भेडाबाख्रालाई खोप लगाउन अनुरोध गर्दै आएको थियो । गत वर्ष नगरले नगरका नौ हजार नौ पशुमा लम्पी स्किनविरुद्धको खोप लगाइएको सापकोटाले जानकारी दिनुभयो ।
गत वर्ष पनौती नगरमा लम्पी स्किन रोगले महामारीको रूप लिँदा तीन सय किसानका पाँच सय पशु मरेका थिए । पशुचौपाया मरेका किसानलाई २०८० असोजमा प्रतिपशुचौपाया रु १० हजारका दरले राहत रकम वितरण गरिएको थियो ।
जिल्ला पशु सेवा कार्यालयका अनुसार लम्पी स्किनका कारण काभ्रेपलाञ्चोकमा गत वर्ष ३१ हजारभन्दा बढी पशु सङ्क्रमित बनेको जनाएको छ । यसमध्ये जिल्लाको १३ स्थानीय तहमा छ सय ८१ पशुचौपाया मरेका थिए । उक्त रोगका कारण गाई, गोरु, बाछाबाछी र केही भैँसी मरेका हुन् । बनेपा नगरका छवटा वडामा एक सय १८ पशु मरेका थिए ।
![दुई हजार रोपनीमा फलफूल बगैँचा स्थापना](https://snowberry.prixacdn.net/media/gallery_folder/flower_exhibition2024-03-18-03-03-29_Bk2d8ufVTF_ybjfejehfthfegt21rmtvfmnd1yeb6nr8jpv9ax2kvozxf7bhmgwrhocfdhp_YEZsLTufdP_xfbjm3eoyb9biqoubrdscer5hhqjih2f5q3jx2rkgy1qc1vnqqjbmnnp05sn.jpeg)
दुई हजार रोपनीमा फलफूल बगैँचा स्थापना
![कृषि उपजलाई बजार अभाव](https://snowberry.prixacdn.net/media/gallery_folder/Kirsi%2520upaj_rvvsFfbYGF_xlvsepkbfi6vbhtrkb8kzttptkl47m0xoxox9w7bb0j95pm27biczlrpsjhh_SRxOtIUsAn_atonkgwqo4rplyqcdgsskvuncmqpzer3wuporhksntt2vcppcsjn7nbjtnne.jpg)
कृषि उपजलाई बजार अभाव
![सरकारले गलतीले मृत घोषित गरिएका एक भारतीय व्यक्तिले आफू जिउँदै छु भनेर प्रमाणित गर्न अपराधको साहरा](https://snowberry.prixacdn.net/media/gallery_folder/rajasthan-man2_b24UhVTm91_v3FnQQpmWG_wzhmgcn2rftlskpvzebmzetb8yzxqsbelctoxaewxwzhutzcc9ys0lwybams_C5VYB4pCEJ_a1iatudjuysrivyhojwga5ngti0ehmyoqba0kfxcluk3rah5d9bmpwfdddkh.webp)
सरकारले गलतीले मृत घोषित गरिएका एक भारतीय व्यक्तिले आफू जिउँदै छु भनेर प्रम…
![बीपीको सिद्धान्त शेखरले बचाएका छन्, उनलाई समर्थन गरौं : कांग्रेसकी नेतृ सुजाता](https://snowberry.prixacdn.net/media/gallery_folder/sujata-koirala_GDDEsNs1aQ_C7uy3CbGRa_vvcgzljlantrxpjea2062ikcs4nl6z84bipluqaakv8tlduqkrewtakwgojr_r5Xz5D72wq_qbfr3y0ujks6qs6wjxggwhalh89352igj6tbqctyio1tgwzfsqemroah3igf.jpg)
बीपीको सिद्धान्त शेखरले बचाएका छन्, उनलाई समर्थन गरौं : कांग्रेसकी नेतृ सुजा…
![एलओसीमा झडप : एक पाकिस्तानी नागरिकको मृत्यु, २ भारतीय सेना घाइते](https://snowberry.prixacdn.net/media/gallery_folder/kashmirma_pher_bhidanta_0tw3fpyD2M_y8tw8evdssefcwuvc0k8lx8ycbhnhry3eqcqtsj7azbxdfpt28oervlqy3e6_TpOnMcnFlB_xvmutszz3buubsmjaxxvmsfhnoownozb1idxq10aevh8ln4jcxlkdm3dpggw.jpg)
एलओसीमा झडप : एक पाकिस्तानी नागरिकको मृत्यु, २ भारतीय सेना घाइते
![समाज सेवामा युवाको भूमिका महत्वपूर्ण](https://snowberry.prixacdn.net/media/gallery_folder/main-qimg-81d3833fbad7c2810b55661abca09416-lq_wazrgVGdQD_qelmwxzdqgc1lhshhmorsrsew6yj5av1rcdirrxujnrsrbggiw9uttotbfv2_c6yTO7HjrS_lkuabsyt3h3tmeqy11rbnk5ocv1uthijmsvlt2tzodopop65zwvvwcja3lde.jpeg)
समाज सेवामा युवाको भूमिका महत्वपूर्ण
![अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसको उम्मेदवारी घोषणा](https://snowberry.prixacdn.net/media/gallery_folder/453103239_925517762953215_7666439444351459727_n_h9DPLRLzak_htn1bzklanbfcjcht16t7jqk0ipczchpxyqe79xc40hok8rjplnzs5xngya6_3msQZsBtWh_wxn8pwuxhpmiz67sbnoatfuiieu8lb5zs5zcbp2dhqnpnaoptbdjqxpfbqxa.jpg)
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसको उम्मेदवारी घोषणा
![वीरगञ्ज भन्सारको कारोबार घट्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/birganj_custom_MbQWWdQxlE_8phfccphgixzqgzfvovy26sll315jsl0pozqsif6v6xnrlc1utmln150gzcz_8NngnDoIpP_hfjbxvdisare2x2j3pgmj3itdeapj0thgzsvxhh9hoawpfnzdqyguf49j7m0.jpg)
प्रतिक्रिया