उपनिर्वाचनमा पैसा बाँड्न आउनेको फोटो खिचेर पठाउनुस्, २४ घण्टाभित्र कारबाही गर्छौँ : गृहमन्त्री रवि

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनको मौन अवधिमा भोट किन्न पैसा बाँडेको थाहा पाए निर्मम ढंगले कारबाही गर्ने बताएका छन्।

 रास्वपा सभापति समेत रहेका लामिछानेले इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पैसा बाँड्न खोज्नेको फोटो खिचेर पठाए २४ घण्टाभित्र कारबाही गर्ने बताए।

उनले भने- अहिलेसम्म हेर्दा त सबै घण्टी नै हो जस्तो देख्नुहुन्छ। उहाँ त जो हेर्‍यो उही घण्टी देखिन्छ। अन्तिम समय, मौन अवधि पनि आउँदैछ। कसैले पैसा दिन खोज्यो भने साइटबाट यसो फोटो खिचेर गृहमन्त्रालयमा पठाइदिनुहोला। २४ घण्टाभित्र त्यसलाई कारबाही गर्छौँ, यो गाउँमा पैसा बाँड्दै हिँड्ने व्यक्तिलाई देशमा चिनाउने इच्छा।नागरिकलाई सचेत गराउन चोक चोक गौडा गौडामा खटिनुहोला। पैसाका पोको बोकेर गाउँ छिर्नेहरूलाई त्यही पोकोमा पोको पारेर हिरासतमा पठाउने केके गर्नुपर्छ। कतिवटा गाडी चाहिन्छ गृह मन्त्रालयमा भन्नुहोला, देशको भविष्य पैसामा किन्न खोज्नेहरूलाई निर्मम कारबाही हुन्छ।