इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

  इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ । विजुलीको काम गर्ने क्रममा करेन्ट लागेर इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप कुँवरको शुक्रबार दिउँसो मृत्यू भएको प्रहरीले जनाएको छ । 

    इलामको सन्दकपुर गाउँपालिका लैजाँदै गरिएको नयाँ विद्युतको पोलमा काम गर्ने क्रममा इलाम नगरपालिका-८ स्थित महभीर टोलमा कुँवरलाई ११ हजार भोल्टको करेन्ट लागेको थियो ।

    कुँवरको शव डढेको अवस्थामा विजुलीको पोलबाट खसेको थियो । मृतकको शवलाई पोष्टमार्टमका लागि इलाम अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश जवेगूले जानकारी दिनुभयो ।
---