आईजीपी बसन्त बहादुर कुँवरद्वारा एआईजी सन्दीप भण्डारी र मीरा चौधरीको बिदाइ

 नेपाल प्रहरीकाे सेवाबाट हालै सेवानिवृत्त हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारी र सेवानिवृत्त हुन लाग्नुभएकाे प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीलाई बिदाइ गरिएकाे छ । बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच उनिहरूकाे बिदाइ गरिएकाे छ।

बिदाइ समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रहरी महानिरीक्षक कुँवरले उच्च तहमा पुगी आफूलाई तोकेको जिम्मेवारी उत्कृष्ट हिसाबले पूरा गरेको कार्य सह्रानीय रहेको बताए । आफ्नो अविच्छिन्न लामो सेवाद्वारा नागरिक र संगठनलाई गरेको योगदानको प्रशंसा गर्नुको साथै अवकाश पछिको व्यावसायिक एवम् सुखमय पारिवारिक जीवनको शुभकामना समेत उनले व्यक्त गरे ।

कार्यक्रममा भण्डारी र चौधरीले आफ्नो सेवा अवधिमा गरेका विभिन्न क्षणहरू स्मरण गर्दै अनुभव सुनाउनुभएकाे थियाे । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले दुवै जनालाई मायाको चिनो प्रदान गर्नुभएकाे थियाे ।

आफ्नो अविछिन्न लामो सेवाद्वारा नागिरक र संगठनलाई गर्नुभएको योगदानको प्रशंसा गर्नुको साथै अवकाश पछिको व्यवासयिक एवम् सुखमय पारिवारिक जीवनको शुभकामना समेत उनले व्यक्त गरे।

विसं २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारी वैशाख ५ गते सेवानिवृत्त भएका छन् भने प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरी वैशाख ७ गते सेवानिवृत्त हुन लागेकी हुन् । दुवै प्रहरी अतिरिक्त महानिरीक्षकहरू प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्ष उमेर हदको कारण अवकाश पाएका छन् ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

May be an image of 2 people and text

May be an image of 3 people and text